गण्डकी प्रदेशकै नमुना नगरपालिका बनाउने छु : मेयर गुमानसिह

लमजुङ जिल्लाको सदरमुकाम स्थित रहेको नगरपालिका बेसिशहरका मेयर गुमानसिह आर्यालले आफ्नो नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ट नगरपालिका बनाउने उदश्यले आफुहरुले योजना बनाएर काम तिब्र रुपमा अगाडि बढाएको बताएका छन ।

पत्रकार बि बि खराल संगको अन्तरबार्तामा मेयर अर्यालले बेसिशहर नगरपालिकाको ६०% बजेट आफुहरुले भौतिक निर्माणलाई पहिलो प्राथमिकता दिएर काम अगाडि बढाएको र सम्रग लमजुङ जिल्लाको बिकाशको मेरुदण्डको रुपमा यश नगरपालिकालाई अगाडि बढाउने उदश्यले यहाको पर्यटन ,कृषि ,यातायात शिक्षा र स्वास्थ क्षेत्रको भरपुर बिकासको खाका बनाएर आफुहरु बुलेट रेलको रफ्तारमा अगाडि कामकार्बाही बढेको बताएका छन ।

लमजुङ जिल्ला लाई विद्युत उर्जा,पर्यटन ,शिक्षा र कृषि क्षेत्र खास मेरुदण्डको रुपमा बिकास गर्ने हिसाबले आफुहरुले यतिखेर गाउँ गाउँ सम्म केन्द्रलाइ जोड्न यातायात क्षेत्रको बिकास गर्न सडक बिस्तार र कालोपत्रेमा ध्यानाकर्षण रहेर काम गरेको बताउदै आगामी ५ बर्ष भित्र सुन्दर बेसिशहर,हरियाली बेसिशहर,पर्यटन बेसिशहरको रुपमा बिकास गरेर बिकासको मोडेल जनता र राज्यलाइ देखाइदिने घोषणा गरेका छन ।

सघ र प्रदेश बिचको केही मतभेदका कारण कानुनी अर्चन स्थानिय तहले खेप्न परेको भन्दै देशमा प्रादेशिक र स्थानिय निकायको भुमिका स्पष्ट भैदिएमा आफुहरुलाइ काम गर्न सजिलो पर्ने बताउदै अबको दिनमा बिकास हेर्न बेसिशहर आउने माहोल तयार पार्ने हिसबाले आफुहरु समग्रह जनताको सेवामा लाग्दै पार्टी र गुठबन्दी भन्दा माथिरहेर जनप्रतिनिधि र जनता सबैको बिश्वास र मन जितेर बिकासको गतिमा कमि आउन नदिने बताएका छन ।

गत स्थानीय निर्बाचनमा नेकपा एमालेका तत्कालीन जिल्ला उपाध्यक्ष समेत रहेका अर्याल यसभन्दा अगाडि २०५४ मा बेसिशहर गाउबिकास समितिको निर्बाचित अध्यक्ष ,२०४२ सालको जननिर्बाचित वडा पन्चायत रहेका उनी २०३६ साल देखि कम्युनिस्ट आन्दोलनमा लागेका अर्याल लमजुङ जिल्लाको बरिस्ठ कानुनबिद अधिबक्ता समेत हुन ।