एचबी ताम्राकार भन्छन्- ‘बलत्कारीको तुन्तुरो च्वाट्टै काटिदेउ’

कंचनपुरकी १३ बर्षिया बालिका निर्मला पन्त बलात्कारद्वारा हत्या गरिएको बिषयले सामाजिक संजाल तात्तेको छ । यति बेला चारैतिर बलात्कारीलाई कडा भन्दा कडा सजाय दिनु पर्ने माग बढेको छ ।

यसै सन्दर्भमा लेखक तथा पत्रकार एच.बी ताम्राकारले बलात्कारीलाई जेल हाल्नु भन्दा मृत्यु दण्ड वा तुन्तुरो काटिदिनु नै उचित हुने बताएका छन् ।

बलात्कारीलाई जेल चलान गर्नु भन्दा फाँसी वा तुन्तुरो काटीदिउ भन्दै उनले आफ्नो सामाजिक संजाल फेसबुकमा भनेका छन् ‘ओली काका ! कसैलाई नसोधि बलात्कारीको तुन्तुरो च्वाट्टै काटिदिने आदेश दिउ ।बलात्कार मात्रै होइन , निर्मम तरिकाले हत्या गरिन्छ । कति धेरै आत्तिन्छन हँ हाम्रा ति फासीँ दिनैपर्ने युवाहरु । धेरै भए जेलसम्म जानुपर्ला सोच्छन् अनि स्वतन्त्ररुपले हिडिरहेकी महिली बाटोबाटै उठाएर हरामखोरहरु झाड़ी लग्छन् ।तिमीहरुका ति लग्ने हातहरु ठाउकोठाउमै छिनाइदिनुपर्ने । तिम्रा आमा, दिदिवहिनी,श्रीमती अनी छेरीहरु छैनन् । अरुको लाई आफ्नोसंग दाजेर एकपटक त सोच यार । समुह नै मिलेर ।होइन, त्यति सार्है गार्हो छ भने विहे गर , हस्तमैथुन गर बरु गर्लफ़्रेंड बनाउ ।
यो तरिका मन पर्दैन भने तिमीहरुको तुन्तुरो अचानोमा राखेर च्वाट्टै काटिदिनुपर्छ ।जबकि तिम्लाई फलो गर्नेहरुको सधाकालागि निधहराम होस, जिवनकालमै यस्तो गर्न आट नगरोस।”

त्यसैगरी महिला अधिकारवादीहरु पनि बलात्कारीको बिरुद्द बिभिन्न ठाउमा सडक आन्दोलनमा उत्रिएका छन् । निर्मला पन्तको बलात्कार पछी भएको विभत्स हत्याले सर्वसाधारण देखि बौद्धिक जमात सम्म सोच्न बाध्य बनाएको छ ।