छाडा गीत गाउनेलाई राजन कार्कीको कडा प्रहार -साडीको कारण घरझगडा (भिडियो सहित)

तिज महिला दिदीवहिनीहरुको प्रमुख चाड हो । त्यसकारण उनीहरुले पहिरनको चाह बढि राख्छन् । यहाँ त्यस्तै भएको छ । श्रीमतिले रातो साडीको चाहना व्यक्त गरेका छन् । तर यो वास्तविक नभएर गीतको प्रसंग मात्र हो ।

तिज पर्वको अबसरमा माया गुरुङ र राजन कार्कीले ‘टलक्कै टकेको सारी’ बजारमा प्रस्तुत गरेका छन् । घनश्याम रिजालको शब्द, राजन कार्कीको भाकामा राजन र मायाको स्वर रहेको छ ।

राजन कार्कीको यूटुव च्यानलवाट सार्वजनिक गरिएको भिडियोमा यूवराज भण्डारीले हाँस्य अभिनय गरेका छन् भने सन्जय र पवित्राले नृत्य गरेका छन् ।

भिडियो यूवराज भण्डारीको निर्देशनमा तयार भएको हो भने गीतमा संगीत संयोजन विनोद बाजुरालीले गरेका छन् । माया र राजन (दुवै) मोफसल पोखरावाट गीतसंगीतमा क्रियाशिल रहेका छन् ।

[youtube https://www.youtube.com/watch?v=YnArS8O46AU]