रत्ननगर नगरपालिकाले गरेको कर बृद्धि प्रति नेपाली कांग्रेस रत्ननगर नगर समितीको आपत्ति

अनिता अर्याल, साउन ११
रत्ननगर नगरपालीकाले गरेको कर बृद्धिप्रति नेपाली कंग्रेस रत्ननगर नगर समीतीले आपत्ति जनाएको छ । रत्ननगरमा आज पत्रकार सम्मेलन गरी नगर समीतीले कर बृद्धिप्रति आपत्ती जनाएको हो ।

प्रकृया र पद्धती उछिनेर नगरपालीकाले आफनो ढंगले काम कारबाही अगाडी बढाएको भन्दै यस्तो एक पक्षीय पद्धती मान्य नहुने समेत बताएका छन् । नगर सभापती रुपनराज घिमीरेले जनताको चाहानालाई उपेक्षा गदै जनहित बिपरीत कर हजार प्रतिशत भन्दा बढि भएको भन्दै जनता ठाडो मारमा परेको बताउनुभयो ।

करको दायरा बढाउने भनेको जनताले पाएको सेवाको आधारमा हुने भन्दै ,सेवा भन्दा कयौ गुणा बढी कर भएकोले जनताले यस्तो भार थेग्न नसक्ने बताउनु भयो ।एकीकृत सम्पती कर ,ब्यबसायीक कर,पर्यटन शुल्क अत्यधिक बढेको भन्दै मौलीक हक अधिकारलाई कुन्ठीत पार्ने काम गरेको आरोप लगाउनुभयो । शिक्षा , स्वास्थ्य ,कृषि लगाएत ब्यवसायीक क्षेत्र प्रति अनुदार हुदै असली कम्युनिस्टको चरीत्र देखाएको समेत घिमीरेले बताउनुभयो ।

शिक्षा क्षेत्रको हकमा स्वतह् बडा अध्यक्ष बिधालय ब्यवस्थापन समितीको अध्यक्ष हुने खालको निती पारीत गरेको प्रति आफुहरुको घोर आपत्ती रहेको पनि सम्मेलनमा जनाईएको छ । शिक्षा जस्तो संबेदनशिल क्षेत्रमा पनि राजनीति गर्न खोजेको भन्दै जनजनको हित बिपरीतको काम गर्न नदिने बताउनुभयो । नगर समीतीले नगरपालीकाले गरेको अलोकताान्त्रीक, अब्यवहारीक कृयाकलाप यथासक्य छिटो सच्चाउन माग गरेको छ । यदि पुरा नगरे जनताले बिरोध गर्दा उत्पन्न हुने घटनाको स्यंम् नगरपालीका जिम्मेबार हुनुपर्ने समेत सम्मेलनम जनाईएको छ ।