‘मेरी मामुको’ शिर्ष गितको कमेन्ट शतप्रतिसत तारिफ मात्रै¸२ दिनमा ४ लाख भन्दा माथि दर्शकमाझ,सबैको रुवाबासी कमेन्ट

हाल चलचित्रको प्रचार प्रसार तथा पोष्ट प्रोडक्सनको कार्यलाई निकै तिब्रता दिएको मेरी मामु निर्माण युनिटले दरवारमार्गको राईजिङ मलमा एक कार्यक्रमको आयोजना गरि गत शुक्रबार ” मलाई माफ गरिदेउ आमा ” शिर्षकको गीत सार्वजनिक गरेको थियो । निकै नै मार्मिक सुनिने यस गीतमा रवि मल्लको शब्द¸ कल्याण सिंहको संगीत तथा रोहित जोन क्षेत्रीको आवाज रहेको छ । यस गीतमा चलचित्रको मुख्य कलाकार आयुब सेनलाई फिचरिङ गरिएको छ भने कलाकार सारुक ताम्राकारलाई पनि देखाईएको छ । गीत सुन्नमा जति मार्मिक र हृदयस्पर्शी छ गीतको भिडियो पनि उति नै शसक्त बनेको कारण रिलिजको तिन दिन नवित्दै यो भिडियोको सर्बत्र चर्चा हुन थालेको निर्माण युनिटले बताएको छ । युट्युबमा यस भिडियो लाई धेरै भन्दा धेरै लाईक मिलिरहेको छ भनेर तिनलाख भन्दा धेरैले यो भिडियो हेरिसकेका छन । गीतको भिडियो हेरे पछि यस फिल्मले कस्तो कथा बोलेको छ भनेर झन कौतुहलता बढने देखिन्छ । भिडियोमा सुनिने आमा शब्दको गीत¸ दुर्घटनाको दृश्य¸ बच्चाको रोदन अनि आक्रोश जस्ता दृश्यले चलचित्रको कथा पक्कै पनि दमदार भएको अनुमान लगाउन सकिन्छ । भिडियोमा चलचित्रको दुईवटि नायिकालाई गुमनाम राखिएको छ¸ यसले पनि आमाको भुमिकालाई झन रहस्यमय बनाईदिएको छ । १०० मा १०० तारीफ पाउनु चलचित्रको लागी पक्कैपनि लाभदायक कुरा हो । चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन भने याम थापाले लेखन तथा निर्देशन गरेका हुन हेरौ बाँकी गीतको भिडियो