झमकबहादुर को दोस्रो गित ‘मृग नयनी तिम्रो अाखाँमा’ बोलको गित सार्वजनिक

श्रावण १८ गते देखी नेपाल भर प्रर्दशन हुन लागेको चलचित्र झमकबहादुर को युटुयुव मार्फत ‘मृग नयनी तिम्रो आखाँमा’ बोलको गित सार्वजनिक गरीएको छ।यस गितमा नायक मिन कुमार तामाङ र नायिका सुजाता थापाले फिचरिङ गरेका छन ।

यस गितमा मेलिना राई र ओम सुनार को स्वर रहेको छ भने शब्द तीर्थ दामली टुप्पीको रहेको छ। जिवन थापाको नृत्य निर्देशन रहेको यस गितको छायाङकन चितवन, पोखरा र काठमान्डौ लगाएतका ठाँउमा गरिएको छ। अोम सुनारको संगीत रहेको यस चलचित्रमा अनुप बिक्रम शाही, यादब देवकोटा(सरापे),राजु कमेडी, मिन कुमार तामाङ सुजाता थापा,कल्याण अधिकारी,राजन मर्हजन को मुख्य भूमिका रहेको छ।

पवन गौतम को छायाङकन,अनिल मर्हजनको सम्पादन, राजु किराँत राई को द्बन्द्ब रहेको यस चलचित्रका निर्माता मिन कुमार तामाङ हुन भने सह निर्माता कोपिला कुमारी डल्लाकोटी हुन र यस चलचित्र लाई भोमन कटुवालले निर्देशन गरेका छन।