बिचार गर्नुहोस्, यी राशीले मात्र हेर्न मिल्छ ब्लड मुन (भिडियो)

शुक्रबार खग्रास चन्द्र ग्रहण लाग्दैछ । असार शुक्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण लाग्दैछ । चन्द्र ग्रहणका बेला चन्द्रमा केही समय तामा धातु जस्तो हुने र केही समय पूरै रातो हुने भएकाले यसलाई ब्लड मुन पनि भनिन्छ । नेपाल, भारतसहित एसिया, अस्ट्रेलिया, रुससहित युरोप तथा केही अफ्रिकी देश र उत्तर अमेरिकाका अधिकांश ठाउँबाट यो चन्द्र ग्रहण देखिने छ ।
१०० वर्षपछि यस्तो संयोग आएको खगोलविदले बताएका छन् ।चन्द्र ग्रहणको अवधि ३ घण्टा ५७ मिनेट लामो हुनेछ । राति १२ बजेर ९ मिनेटमा स्पर्श हुने र राति १ बजेर १५ मिनेटमा ग्रहणले पूर्ण खग्रास प्रारम्भ हुने छ ।
राति २ बजेर ८ मिनेटमा खग्रासको मध्य तथा २ बजेर ५९ मिनेटमा अन्त्य हुँदै शनिबार बिहान ४ बजेर ६ मिनेटमा मोक्ष हुने उनले बताएका छन् । ग्रहणको कुल अवधि ३ घण्टा ५७ मिनेट भए पनि खग्रास ग्रहण भने १ घण्टा ४४ मिनेट लाग्नेछ ।