राष्ट्रव्यापी प्रतियोगिता पब्लिक स्पीकर नेपाल २ को प्रसारण मिति तय,पढ्नुहोस

अब बोल्छ नेपाल भन्ने मूल नाराका साथ राष्ट्रव्यापी प्रतियोगिता पब्लिक स्पीकर नेपाल २ को प्रसारण मिति तय भएको छ । आउँदो श्रावण १२ गते, शनिबार बेलुकी ८ः३० बजे एपीवान एचडी टेलिभिजनबाट कार्यक्रमको प्रसारण शुरु हुने आयोजक एक्रेटिभ मिडियाले जनाएको छ ।

१४ देखि ४० वर्ष उमेर समूहका युवालाई लक्षित गरिएको पब्लिक स्पीकर नेपाल २ एक खुला वक्तृत्वकला प्रतियोगिता हो । एक्रेटिभ मिडियाका प्रमुख तथा कार्यक्रमका निर्माता हरि पोखरेलले काठमाडौं सहित देशका १२ स्थानमा अडिसन आयोजना गरिएको पब्लिक स्पीकर नेपाल २ ले सातै प्रदेशका युवाहरुलाई समेट्दै राष्ट्रको गम्भीर तथा महत्वपूर्ण विषयहरुमा उनीहरुलाई सजग गराउनका साथै ती विषयहरुमा उनीहरुमा रहेको धारणा अभिव्यक्तिका लागि एक राष्ट्रिय स्तरको मञ्च प्रदान गरेको बताउनुयो ।

युवाहरुमा कुशल नेतृत्व तथा प्रभावकारी सञ्चार लगागतका विषयमा ज्ञान वृद्धि गर्ने तथा परिवर्तन र विकासका कार्यहरुमा युवाहरुलाई प्रोत्साहित गर्ने लक्ष्य समेत कार्यक्रमको रहेकोमा पोखरेलले जोड दिनभयो ।