गायक योगी भानुको ‘आकाशैमा चन्द्रमा मुसुमुसु उदायो’ बोलको गीत सार्वजनिक (हेर्नुहोस भिडियो सहित)

सुनौलो नेपाल – गायक योगी भानुको सुमधुर आवाजमा ‘आकाशैमा चन्द्रमा मुसुमुसु उदायो’ बोलको गीत सार्वजनिक भएको छ ।

चितवनको शारदानगरमा जन्मिएका गायक योगी भानु केहि समय देखी युएईमा छन् । आफ्नो देश देखी टाढा भएपनि नेपाली गीत संगीत र आफ्नो जन्मभूमिलाई बिर्सन नसकेका ‘भानु’ले चितवनको मायालाई उजागर गर्दै मन मिले सानी लैजान्छु चितवन भन्दै गीतमा समेत जोड्न भ्याएका छन् ।

आकाशैमा चन्द्रमा मुसुमुसु उदायो गीतको आफै शब्द रचना गरेका गायक तथा रचनाकार ‘भानु’का यसअघि पनि धेरै गीतहरु सार्वजनिक भैसकेका छन् । उनी गीत संगीत गायन मात्र नभई लेखनमा समेत उत्तिकै अब्बल छन् । लेखनलाई आफ्नो अन्तिम गन्तब्य बनाउन चाहने उनले भबिष्यमा एउटा सुन्दर रचनाकार बन्ने उनको रहर छ । त्यसैले केहि फुर्सद मिल्यो कि गीत लेखनमा लागीहाल्छन ।

यसपटक उनले सार्वजनिक गरेको गीत ‘आकाशैमा चन्द्रमा मुसुमुसु उदायो’मा बिक्रम कार्कीको संगीत र डोना गुरुङले कम्पोज छ भने भावना ढकालले उत्पादन गर्नुभएको हो । सो गीतमा पुर्णिमा र बिष्णुले अभिनय गरेका छन् ।

हेर्नुहोस सो गीतको म्युजिक भिडियो