उद्घोषिका तथा गायिका शितलको ‘कुटुमा कुटु’ ले नेपाली बजार तताउदै (भिडियो हेर्नुहोस)

बुटवल । अडियो रेर्कर्डि देखिनै चर्चामा रहेको पत्रकारद्वय संञ्जय सौगात र शित्तल शर्माको तीज गीत ‘कुटुमा कुटु’ को म्यूजिक भिडियो मंगलबारदेखि बिश्वभर सार्वजनिक भएको छ। शित्तल मिडियाको प्रस्तुती रहेको उक्त गीत शित्तल मिडियाकै अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक भएको । गीतमा सौगात र शित्तलको स्वर रहेको छ भने शब्द पनि दुवैजनाले नै कोरेका हुन । गीतको थेगो र संगित भने गायक सौगातले बनाएका हुन भने संगित संयोजन भने चर्चित गायत तथा संगितकार तिलक वलीले गरेका हु । म्यूजिक भिडियोलाई पछिल्लो समयमा चर्चित निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन भने गीतमा काजिससंगै छमछमी आइडल रबिता मगरले दमदार नृत्य प्रस्तुत गरेका छन् । त्यस्तै म्यूजिक भिडियोमा हास्यकलाकार उज्जवल गिरी दानविरकोपनि आस्य प्रस्तुती देख्न सकिन्छ । म्यूजिक भिडियोलाई बासु बरालले छांयाकन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका हुन् ।

शित्तल शर्माले केही दिनअघि मात्रै ख्यातीप्राप्त सर्जक शिव हमाल, गायिका कला सम्सालसंको सहकार्यमा ‘महारानी’ तीजको गीत सार्वजनिक गरिसकेकी छिन् । उनका पानी जहाज, आर्थिक समृद्धि लगायतका एल्वमहरु चर्चामा छन् त्यस्तै सौगातले पनि यस अघि बम्बईको साडी, रसै चाख्नलाई, संगै बसम लगायतका चर्चित एल्वमहरु बजारमा पस्किसकेका छन्

भिडियोको हेर्नुहोस ।