शनिबार अशोक दर्जि पोखराको डेभिजफल मेलामा

पोखरा । ‘मन बिनाको धन ठूलो…..’का बाल गायक अशोक दजि यहि आउदो शनिबार पाखराको छोरेपाटनमा संञ्चालन भैरहेको ‘डेभिजफल साँगितिक तथा साँस्कृतिक मेला’मा आफ्नो पस्तुतिका लागि आउने भएका छन् ।
सुरताल इभेन्ट म्यानेजमेन्टको सहकार्यमा अशोक दर्जि, टंक बुढायोकी र उनका छोरा ए आर बुढाथोकीलाई दोस्रो पटक पोखरामा प्रस्तुतिका लागि आउदै छन् ।

देश बिदेशमा चर्चामा रहेका टंक लगाएतको टिमलाई भव्य तयारीका साथ पोखरामा स्वागत गर्ने तयारी रहेको सुरताल इभेन्ट म्यानेजमेन्टका अध्यक्ष प्रसान्त सुनारले जनाए ।
नेपालका लागि आधिकारीक रुपमा पोखरा नै उनिहरुको कन्सर्ट हो । यस अघि पोखराको मालेपाटमा अशोकलाई हर्नेको भिड उत्तिकै थियो ।