निर्माता खड्काको कुण्डली विश्लेषण गर्दा किन बनाउछन् नवल खड्काले राष्ट्रवादी चलचित्र ?

स्कटनेपाल,

चलचित्र निर्माता तथा नायक नवल खड्काले नेपाली सिने जगतमा राष्ट्रवादी धारमा चलचित्र बनाउदै आउनु भएकोछ । खोटाङको सिम्पानीमा जन्मनु भएका नायक तथा निर्माता खड्काको कुण्डली विश्लेषण गर्दा उहाले बनाउने राष्ट्रवादी चलचित्रले एउटा नयाँ तरङ पैदा गर्ने पक्का देखिन्छ ।
जन्म कुण्डलि विश्लेषण गर्दा पूवाषाडा नक्षत्र,द्धितिया तिथि तथा आईतबार जन्मेका खड्काको कन्या लग्न परेकोछ । कन्या लग्नको मानिसमा समय तथा परिस्थितिको सूक्ष्म अध्ययन गरि तुरुन्त निर्णय लिने क्षमता प्रशस्त हुन्छ । ज्योतिष विज्ञानलाई आधार मानेर कुण्डलि विश्लेशण गर्दा लग्नमा पाँचवटा ग्रह बुध,शुक्र,सूर्य,शनि तथा केतुको युक्ति छ । लग्नमा बुध स्वगृह तथा उच्च हुनु,पराक्रमेश सूय,भाग्येस तथा अष्टमेश शनि,पञ्चेष तथा खर्चेष शुक्र र केतुको यूक्ति लग्नमा हुनुलाई गतिलो राजयोग मानिन्छ । लग्नेष र सुखेस बुधले पञ्चमेष शुक्र तथा भाग्येष शनि सँग यूत्ति गासेको छ जसलाई लघुपराशरिय सिद्धान्त अनुशार एउटा उत्कृष्ट राजयोग मानिन्छ । लग्न तथा सुख भावको मालिक बुध लग्नमा स्वगृह भएर भद्र नामको पञ्चमहापुरुष योगको निर्माण गरेकोछ भने दशौ भावमा मंगल बसेर कुलदिपक नामको योगको निर्माण गरेकोछ । अर्कोतर्फ पञ्चमेष तथा विदेश भावको मालिक शुक्र लग्नमा बुधसँग बसेर धनलक्ष्मी योगको निर्माण गरेकोछ भने लग्नेश बुध र पराक्रमेष सूर्यको यूक्तिले बुधआदित्य योगको निर्माण गरेकोछ । सप्तमेष तथा कर्मेश बृहस्पती अष्टम भावमा निचो भएपनि नवांश कुण्डलीमा बृहस्पति उच्च भएर निच भङग राजयोगको निर्माण गरेकोछ ।

कुण्डलीमा दिनको जन्म,सूर्य तथा चन्द्रमा बिषम राशिमा बसेर माहाभाग्य योगको निर्माण पनि भएकोछ । कुण्डलीमा बिभिन्न योग भएकै कारण नायक तथा निर्माता खड्का धनवान, यसश्वि, निरोगि, बहुतसम्बृद्धिसालि,अत्यन्त भाग्मानी,चरित्रवान,लामो आयू तथा सबै प्रकारका शुखभोग प्राप्त हुन्छ साथै राज्यमा सम्मानित पद पाई सम्पन्नसालि जीवन ब्यातित गर्नुहुनेछ ।

गीत,संगीत तथा मोडलिङको कारक ग्रह शुक्र लग्नमा हुनु र चलचित्र क्षेत्र तथा कुटनिति सँग सम्बन्ध राख्ने राहु सप्तम भावमा चन्द्रमा सँग बसेर शुक्र ग्रहलाई दृष्टि दिएको हुनाले चलचित्र क्षेत्रमा चासो बढ्ने तथा सफल नायक तथा निर्माताको भुमिका निर्वाह गरि समाजमा स्थापित हुने ठोकुवा गर्न सकिन्छ ।

२०५१/५२ सालदेखि नेपाली सिने जगतमा सक्रिय रुपमा लाग्नु भएका खड्काले २०५२/५३ सालमा चन्द्रमाकै महादशामा गून्युचोली चलचित्रमा प्रमुख भुमिका निर्वाह गर्नु भएको थियो जहा फिल्मी कारक राहु सँग चन्द्रमाको सातौ भावमा यूक्ति छ । २०५८/५९ सालमा चन्द्रमाको महादशामा बुधको अन्तर चल्दा राष्ट्रवादि धारको चलचित्र क्रान्तिमा उहाले प्रमुख भुमिका निर्वाह गर्नु भएको थियो जहा बुध लग्नेष तथा शुखेस भएर शुक्र लगाएत अन्य चारवटा ग्रहसँग लग्नमा बसेकोछ ।

२०६३/६४ सालमा आवाज चलचित्र निर्माण गर्दै गर्दा नेपालमा नेपाली जनताले राजतन्त्रको अन्त्य गरि गणतन्त्रको स्थापना गर्न चाहन्छन् भनेर नेपाल लगाएत विश्वभर रहेका नेपालीहरुले एउटा छुट्टै किसिमको आवाज उठाएका थिए र चलचित्र आवाज मार्फत नेपालमा गणतन्त्र स्थापना गर्नुपर्छ भनेर सबै उमेरका मानिसमा गहिरो चेतना प्रबाह भएको थियो जुन समयमा मंगलको महादशा चलेको थियो । कुण्डलीमा मंगल दशौ भावमा बसेर कुलदिपक योगको निर्माण गरेकोछ जुन योगकै कारण नायक खड्का देश लगाएर बिश्वभर चर्चित हुनुभयो ।

२०६६/६७ सालमा मंगलकै महादशामा बुधको अन्तरदशा चल्दा उहाँले दशगजा चलचित्रको निर्माण गर्नुभयो । दशगजा चलचित्रमा भारतिय विश्तारवादले नेपाली भुमि पटक पटक मिचेको र सिमानामा नेपाली जनताले भोग्नु परेको दुख तथा वेदना प्रश्टसँग चलचित्र मार्फत देखाईएको थियो । दशगजा चलचित्रले विश्तारवादी भारतको टाउको प्रश्ट सँग दुखेको र नायक खड्काले बिभिन्न धम्कीको सामना पनि गर्नुपरेको प्रश्ट हुन्छ ।

त्यसै गरि २०७०/७१ सालमा शहिद भीमदत्तको जीवनीमा आधारित चलचित्र निर्माण गरि जसको जोत उसको पोत नारालाई समाजमा स्थापित गर्न उहाको चलचित्रले चेतनाको विकास गरेको थियो साथै भिमदत्त स्वार्गारोहण भएको ६२ वर्ष भछि राज्यले शहिद घोषणा गरेको थियो । शहिद घोषण गर्न खड्काले सक्रिय भुमिका निर्वाह गर्नुभएको थियो । जुन समयमा फिल्मी कारक राहुको महादशा सुरु भएकोथियो ।

विगतका दशा तथा अन्तरदशाको सूक्ष्म विश्लेषण गर्दा उहाले निर्माण गर्ने चलचित्रले राष्ट्रप्रतिको माया र राष्ट्रियताको गहिरो गरि वकालत गरेको प्रश्ट हुन्छ । अहिलेको समय विश्लेशण गर्दा २०७५ साल शुरु भए सँगै राहुको माहादशामा शनिको अन्तर चलिरहेकोले र २०७७ सालबाट राहुको महादशामा बुधको अन्तरदशा आउने हुनाले अवका दिनमा उहाले शसक्त राष्ट्रवादी धारको चलचित्र बनाउने र सफल पनि हुने ठोकुवा गर्न सकिन्छ । विशेष गरि २०७७ साल फाल्गुन पछि २०८० साल भाद्र सम्म राहुको महादशामा बुधको अन्तर आउने र बुध शुखेस र लग्नेश भएर लग्नमा बसि भद्र नामको पञ्चमहापुरुष योगको निर्माण गरेको हुनाले उक्त समयमा निर्माण हुने चलचित्रले देश तथा विदेश एउटा छुट्टै तरङग पैदा गर्ने तथा राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ ।

कुण्डलीमा विभिन्न योगको निर्माण भएकै कारण सामाजिक काममा पनि उत्तिकै सहभागिता जनाईरहनु भएकोछ । बाग्मति सफाई महाअभियानको अभिएन्ता,सिमानामा काडेतार अभियानका अभिएन्ता,पिछटावर्ग,राउटे जाती लगाएत अन्य सामाजिक अभियानमा सद्भाव दुतको रुपमा लामो समय देखि काम गर्दै आउनु भएकोछ ।

यसरी कुण्डलीमा विभिन्न योगको निर्माण भएकै कारण निर्माता तथा नायक खड्कामा राष्ट्रिय भावना छचल्किरहेको प्रष्ट हुन्छ । विगत लामो समयदेखि चलचित्र क्षेत्रमा लागेर निरन्तर राष्ट्रवादि चलचित्र निर्माण गर्दै उहाँले चलचित्रकै माध्ययमबाट नेपाली जनतालाई राष्ट्रियताको जनचेतना फैलाउदै आउनु भएकोछ ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न. ९८५११७८४५९