अडियो लिक बारे टिका बुढाथोकीले यस्तो जबाफ दिए , अशोक दर्जीलाई स्वरसम्राट बनाऔं (भिडियो सहित )

सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको गीत छ, मन बिनाको धन ठूलो कि, धन बिनाको मन । यी शब्द सबैलाई तान्ने खालको त छन् नै यस गीतका गायक अशोक दर्जीका कारण पनि यो गीत भाइरल बनिरहेको हो।झापाको सडकहरूमा गाउने अशोक दर्जी अहिले स्टार बनिरहेका छन्। अशोक दर्जीको अहिले घर निर्माण कार्य तिब्र गतिमा चलिरहेको छ । भिभिन्न सहयोगी दाताहरुले अशोक दर्जीको घर बनाउन सहयोग गरिरहेका छन् ।

‘स्टुडियो नाईन’ का निर्देशक टिका बुढाथोकीले पछिल्लो समयका चर्चित तथा लोकप्रिय बाल गायक अशोक दर्जीलाई ‘स्वर सम्राट अशोक’ बनाउनको लागि साथ दिन आग्रह गरेका छन् ।रिपोेर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बुढाथोकीले केही दिन अघि भाईरल भएको अडियोलाई नितान्तै व्यक्तिगत मामिला भएको दाबी गरेका छन् ।

उनले भने,‘अशोक दर्जीको बारेमा हामीले जुन भूमिका खेलेका छौं, त्यसको फरक मूल्याङ्कन होला र छ, तर मैले यति भन्दिन कि अशोक भाईलाई हामीले ल्याएका हौं, हामीले उनको नाममा जेपनि गर्न पाउनुपर्छ ।’ यस बिसयालाई लिएर उनले अन्य धेरै कुराहरु राखेका छन् , तल भिडियोमा सम्पूर्ण कुराहरु हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=5j6ShtMI6N4]