साउन महिनामा गर्नै नहुने कामहरु–शारिरिक सम्पर्क त गर्ने हुँदैन, खानेकुराबारे के छ नियम ? (अन्र्तवार्ता)

साउन महिना बिशेषत् धार्मिक महिनाको रुपमा हेर्ने गरिन्छ । हरिया चुरा, कपडा, मेहेन्दी मात्र होईन धार्मिक रुपले पनि यो महिनाको महत्व धेरै छ । बोलबम मेला तथा शिबजीको पुजाको रुपमा पनि यस पर्वलाई लिईन्छ । यो महिनामा शुद्ध रहने, ब्रत बस्ने, एकाग्रह हुने तथा चोखो खाने र धार्मिक चिन्तन लिने महिनाको रुपमा परिचित छ । अरु महिना खान हुने तर साउन महिनामा खान नहुने, सधै माछा मासु खाईरहेकाहरुले यो पर्वमा माछामासु बार्छन्, प्याज , लसुन जस्ता खानेकुराहरु पनि खादैनन् । कुनै धार्मिक कार्य पनि यो महिनामा हुँदैन । हरेक हप्ताको सोमबार बोलबम हुन्छ जहाँ भगवान शिबको पुजा गरिन्छ ।
ज्यो. पण्डित हिरामणी पौडेलका अनुसार यो महिनामा शुद्ध रहने गर्नाले पापबाट मोक्ष पाईन्छ । श्रीमतीले ब्रत बस्दै छ भने श्रीमान्ले पनि शुद्ध खानु पर्ने र अशुद्ध खाएमा वा गरेमा त्यो ब्रत सफल नहुने उनको दाबी छ । साउन महिनामा सकेसम्म यौन कार्यपनि गर्न नहुने उनले बताए । साउन महिनालाई शिबजीको महिनाको रुपमा लिने गरिएकोले शिबभक्ती गरेर बस्नु नै उचित हुने बताउँछन् । हेरौं साउन महिनामा के गर्न हुन्छ, के गर्न हुँदैन ?