लेहङ्गा लगाउछु, शिवजीको दर्शन, रानी चरी बगर भन्दा भन्दै अहिले कुशुम भन्छिन ‘नाचौ गाउ संगिनी’ नया तिज (भिडियो सहित)

स्कटनेपाल बुटवल,

नेपालकै सुन्दर नगरी बुटवलमा रहेर केही बर्ष देखि गीत संगीतमा निरन्तर लागेकी मिठो स्वरकी धनी सुन्दर गायिका कल्पाना पाण्डेले अहिले भर्खरै नेपाली चेली हरुको चाड पर्ब लाई ध्यान आकर्षण गराउदै नया तिजको कोसेली संगीत प्रेमी हरुको लागी ‘संगीनी’ बजारमा ल्याउन सफल भएकी छन् ।

गायिका कल्पना यस भन्दा अघि पनि धेरै तिज बिशेष गित हरु जस्तै लेहङ्गा लगाउछु, शिवजीको दर्शन, रानी चरी बगर, बजारमा आईसकेका छन् । उनले आफ्नो गित संगीतको माध्य बाट धेरै दर्शक हरुको मन भित्र बस्न सफल भएकी उनि बताउछिन । कल्पनाको पछिल्लो समयमा उनका आधुनिक गीतहरु जस्तै ‘मख्खै पर्यो भमरा फुलको डाली बसेर’ ले पनी धेरै दर्शक हरुको मन जित्न सफल भएको थिय ।

एक शिक्षण पेशमा संलग्न रहेर पनि गित संगीतको माहोलमा डुबेकी गायिका कुसुमको यो तीज गीत ‘सङ्गीनी ’म्युजिक नेपाल युट्युव च्यानल बाट मार्फत सार्वजनिक गरिएको छ । जसमा चर्चित मोडल एवं पूर्व मिस नेपाल उषा खड्किको अभिनय रहेको यस एल्बममा मौलिकता, नेपाली महिलाहरूको पहिरन,भेषभुषालाई महत्वका साथमा देखाइएको छ ।

यस गितमा कुसुमको स्वर र शब्द रचना राज कुमार बगरले गरेका छन् भने संगीत रोहित सुवेदी, दृश्य समायोजन उत्तम हुमागाइ तथा निर्देशन निकेश खड्काले गरेका छन्। एल्बमको बजार व्यबस्थापन पुष्पाजली म्युजिक कम्पनीले गरेको छ । नेपाली समाज भित्र एउटा मौलिकता झल्काउने यो गितको कोसेलीले पक्कै पनि धेरै दर्शकहरु को मन भित्र बस्न सफल हुने छ भन्दै हाम्रो सुभकामना सहित भिडियो हेरी दिनु हुन् हार्दिक आग्रह गर्दछौ ।

हेरौ उक्त भिडियो कोसेली