अशोक दर्जीलाई प्रयोग गरि पैसा कमाउन यसरी टंक र उनको दाईले बनाएको मास्टर प्लान(दर्जीको हेड मास्टर संग गरिएको फोन रेकर्डनै बाहिरियो)

पछिल्लो समय नेपालको परिवेशमा अशोक दर्जी नै एक हुन जो चर्चामा छन् । उनको चर्चा यती छ की उनको बारेमा नकारात्मक कुरा सुन्न कोही तयार छैन । अशोक कस्तो जाल भित्र बेरिएका छन् भन्ने कसैले बुझ्न सकेका छैनन् । र, त्यो जालो बाहिर आएको पनि छैन । केहि समय आगाडी हामीले मेरो फिल्म डट कम बाटै एक समाचार सम्प्रेसण गरेका थियौँ ‘अशोकका कारण टंक हिट कि टंकका कारण अशोक ?’ भन्ने सिर्षकमा । सो समाचार अघी र पछी विभिन्न मिडियामा अशोकको प्रयोग गरेर केही व्यक्तिहरु आफ्नो दुनो सोझाउन लागिपरेका छन्, अशोकको मनोविज्ञानसँग खेल्दै छन् भन्ने आशयका विभिन्न समाचारहरु प्रकासित भए र भैरहेका पनि छन् ।

टेलिफोन वार्तामा उनी बारम्बार गेम खेलेर आफुहरु अगाडी बढ्नु पर्ने बताई रहेका छन् । आफुहरुले अशोकलाई यो चर्चा दिलाएको र त्यसको जस आफुहरुले लीँदै फाइदा पनि उठाउनु पर्ने भनिरहेका छन् । उनको यो भनाईले प्रस्टै हुन्छ की टंक बुढाथोकी र टिका बुढाथोकीको पैसा कमाउने मास्टर प्लान भित्र अशोक घेरिएका छन् । उनीहरुले बिच्छ्याएको जालोमा अबोध बालक पर्दै गएका छन । अशोकले त यो जालो बुझ्न सक्ने छैनन । तर जुन हिसाबमा अशोकको प्रतिभाको कदर र उसको समर्थन भएको थियो त्यही हिसाबमा अशोकको प्रयोग गर्दै पैसा कमाउने र अशोकलाई बेबारिसे छोडिदिने टंक/टिका मास्टर प्लानको सबैले बिरोध गर्ने बेला आएको छ ।
के छ उक्त टेलिफोन वार्तामा ? सुन्नुहोस यो कल रेकर्ड…