चलचित्र ‘मेरी मामु’ इण्डक्ल्याप, प्रचार तताउने दाउमा सन्तोष सेन,कति दिनमा सकियो सुटिङ्ग ?पढ्नुहोस

हिट सिरिज ‘प्रेमगीत’ निर्माता सन्तोष सेनले आफ्नै ६ बर्षिय छोरा आयुव सेनलाई लिड रोलमा ब्रेक दिएको फिल्म ‘मेरी मामु’को सुटिङ प्याकअप भएको छ । ३५ दिनको छायांकन सेड्यूअलमा फिल्मको सम्पुर्ण छायांकन सकिएको हो ।

निर्माता सेनले फिल्मको छायांकन सकिएसँगै आफ्नो ध्यान रिलिज तार्गेट बनेको बताएका छन् । भदौ १५ लाई प्रदर्शन मिति तय गरिएको फिल्मको यसअघि नै पोस्टर रिलिज गरिसकिएको छ । सुरु भईसकेको प्रचारलाई तिब्रता दिने मनस्थितीमा निर्माण टिम पुगेको हो ।

काठमाडौंसहित हेटौंडा, नारायणगढदेखि देवघाटसम्मको यात्रासँगै फिल्मको सम्पुर्ण दृश्य कैद सकिएको हो । भेट्रान छायाँकार पुरुषोत्तम प्रधानले फिल्म खिचेका छन् । फिल्ममा आयुवसँगै ‘प्रेमगीत २’ गर्ल अश्लेशा ठकुरी, शारुक ताम्राकार लिड रोलमा छन् भने कुसुम गुरुङले ‘मेरी मामु’ मार्फत अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् ।

आसुसेन फिल्मसको निर्माणमा बनेको फिल्मको कथा बाल मनोविज्ञान र आमा-छोरा बीचको सम्बन्धको आसपास घुम्ने यसअघि नै बताइसकिएको छ । यम थापाको लेखन निर्देशन रहेको फिल्ममा भुवन चन्द, सानु ताम्राकार, दुर्गा मल्ल ठकुरी र दुई बाल कलाकार कृजन गौतम र शुभम बिष्ट पनि लिड रोलमा छन् ।