बहुचर्चित गायक रामजी खाड र सिता रानाले गाएको अर्को उत्कृष्ट तीज कोशेली “नौतुनाको रेल”(भिडियो सहित)

कमल सरगम-काठमाण्डौ।लोक दोहोरी क्षेत्रमा निकै चर्चा कमाएका बहुचर्चित गायक रामजी खाड र सिता रानाको आवाजमा यसपालिको तीज कोशेली “नौतुनाको रेल”बजारमा आएको छ।गीतमा रामजी खाड र करिश्मा ढकालले अब अभिनय गरेको देख्न सकिन्छ भने लय तथा शब्द सृजना खेम सेन्चुरीले गरेका हुन्।मौसम हिमालीको निर्देशन र दुर्गा पौडेलको छायांकनमा तयार भएको भिडियोमा सम्पादन भने नबिन घर्तीले गरेका हुन्। नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै उक्त गीत बजारमा आएको हो ।हेर्नुहोस भिडियो :