गण्डकी प्रदेशमा गाईलाई मानिसको औषधी, मन्त्री भन्छन् प्रदेशले केही गर्न सक्दैन (भिडियो)

नेपाल सरकारले गज्जबको एउटा योजना ल्यायो । विना धितो विना ब्याज युवाका लागि ५ लाख । सरकारले युवालाई स्वदेशमा नै राख्ने वा व्यवसाय तर्फ आकर्षित गर्न यो योजना ल्याएको हो तर पोखरामा अहिले व्यवसाय गर्नेहरु ठुलो पिडामा रहेका छन् । लेखनाथमा गाई फर्म चलाउनेहरुलाई अहिले गाईको लागि औषधि अभाव भएपछि व्यवसायीहरु ठूलो चिन्तामा रहेका छन् । गाईलाई ज्वरो आउदा खुवाईउने थाईकल लगायतका औषधिको अभावमा लेखनाथ क्षेत्रका दर्जनौँ गाईहरु मरीसकेका छन् । सरकारी निकायका प्रतिनिधि पनि त्यसठाउँमा जान्छन् तर औषधि नभएपछि त्यसै फर्कने गरेका छन् । प्राबिधिकहरु आउँछन् गाई हेर्छन सल्लाह सुझाब दिन्छन् तर औषधी दिदैनन् । औषधीको अभावमा गाईहरु मर्न थालेपछि पनि सम्बन्धीत निकाय मौन छ ।
यति सम्मकी गाईलाई मानिसको औषधि खुवाउनु परेको छ ।
लेखनाथमा रहेको पवन गाई फर्मका संचालक पवन तिवारीले गाईलाई ज्वरो आएपछि औषधी नपाएको र मानिसलाई खुवाउने सिटामोल एउटा गाईलाई ५ वटाको दरले खुवाएको बताएका छन् । उनले अब गाई मर्न दिनु भन्दा छ मानिसलाई खुलाउने औषधीले पनि काम गर्ला कि भनेर खुलाएको बताए । समान्य जरो आएको औषधी समेत नपाएपछी सरकारले व्यवसाय गर्नेहरुलाई सहयोग नभएको व्यवसायीहरुले आभास गर्न थालेका छन् ।
सरकारले लगानी गरे पूर्ण कृषि मैत्री बनाउन नसके पनि आफ्नै पैसाले बिरामी गाईको उपचार गर्छु भन्दा पनि पाएका छैनन् । सामान्य जरो आएको औषधी नपाउँदा गाईहरु मरिरहेका छन् भने अझ अरु रोग लाग्यो भने सरकारले के प्रबन्ध गर्दा ? यसबारे किसानहरु झन चिन्तीत बनेका छन् । यसबारे बुझ्दा गण्डकी प्रदेशका भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री लेखबहादुर थापामगरले यो केन्द्रबाटै हेर्नुपर्ने बिषय भएको बताए । उनले केन्द्रको कुरा पर्खिएपछि प्रदेशले बल्ल काम थाल्ने बनाए । उनले यो बिषय मन्त्री परिषद्मा उठाउने र कृषकको समस्या हल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।