गुल्मीमा ठेकेदारको ज्यादती : उच्च जोखिममा बस्ती, जीवन मरणको दोसाँधमा बालक, छोरा चिच्चाएको स्मरण गर्दै आमाले डाको छाडिन

प्रेम सुनार

गुल्मी । रिडी तम्घास सडक खण्डको रिडी देखि केहि माथी सडक चौडा पार्न ठेकेदारले जस्तो अचाक्ली अन्य ठेकेदारहरुले विरलै गरे होलान् । दादागिरीशैलीमा गत चार महिना देखि सेना, प्रहरी र प्रशासनलाई समेत अटेरी गर्दै हटलाईन सडक मानिने तानसेन तम्घास सडक खण्डमा दैनिक ६ घण्टा सम्म डोजर चलाएर जनताको आवत जावत गर्न पाउने अधिकार खोस्दै आएका ठेकेदारको पछिल्लो क्रियाकलाप त झन डर लाग्दो घटना घटेको छ ।

प्रदिप कण्ट्रक्सन रुपन्देहीका ठेकेदार कुन्दन भन्ने लोकबहादुर खत्रीको क्रियाकलापले कसैको वास उठ्ने भएको हो भने कसैलाई जिवन मृत्युको दोसाँधमा पारेको हो ।उनका कामदार र साईड ईन्जिनियरहरुले जथाभावी डोचर चलाएर छेउँमा माटो थुपारे पछि अविरल वर्षाले त्यो माटो बगाएर तल रिडीका वासीन्दाको घर , गोठ शौचालय पुरेको छ । रिडीका डम्वरबहादुर थापा, प्रमोदजंग श्रेष्ठ र राधिका अधिकारीका परिवारजन वस्ने रिडी माविको हास्टल भित्र बाढी बसेर घर भित्रका सारा सामग्रीको क्षति भएको छ ।


असार २४ गते राती वाढी पसेपछि अर्को दिन गुल्मीका सिडिओे यदुनाथ पौड्याल र सुरुक्षा निकायका प्रमुख पुगेका थिए । क्षतिपुर्ति दिलाउन र ति वस्तीको जोखिमको अवस्था बुझ्न पुगेका उनिहरुले क्षतिपूर्ति त दिलाए तर यस्तो देख्दा देख्दै पनि ईन्जिनियर र सुरक्षा निकायका विज्ञहरुले त्यस वस्तीलाई खतरामुक्त भनेर आए ।

असार २५ गते सम्म डोजर चलाउने त्यस पछि नचलाउने भन्ने सिडिओको निर्देशनलाई पनि बेवास्ता गर्दै पून्ः ति ठेकेदारले डोजर चलाउन थाले ।

साउने १ गत्ते सक्रान्ति मान्ेन चहल पहल घरमा सुरु भई रहँदा विहान उठेर पिसाप फेर्न शौचालय छिरेका थिए राधिका अधिकारीका १३ वर्षिय छोरा कृर्तार्थ अधिकारीलाई गल्र्यामगुर्लुम ढलेको शौचालयले पु¥यो ।

आमा.. भनेर अर्को पटक चिच्चाए , फेरी आमाले बावु… भनेर चिच्चाईन । एक पटक हजुर.. भने त्यसपछि उनको वोली बन्द भयो । तत्काल रिडीमा प्रथामिक उपचार गराई पाल्पा मिशन अस्पतालले त्यहाँ उपचार सम्भव नभएको भने पछि पाल्पाकै प्रभास अस्पतालमा पुराईयो । लुम्विनी मेडिकल कलेज प्रभासमा उनि आईसियु कक्षमा जिवन मरणको दोसाँधमा छन । उनको सिटीस्क्यान रिपोर्टमा टाउकोको हड्डी फुटेर ब्रेनमा असर परेको डाक्टरले बताएका छन । तत्काल अप्रेशन गराईए पनि अहिले सम्म उनि अचेत छन ।

छोरा चिच्चाएको स्मरण गर्दै आमाले डाको छाडिन

वावु त्यस दिन अवेर त्यस्तै आठ बजे उठ्यो र पिशाव फेनै ट्वाईलेट भित्र पस्यो । छिर्न के पाएको थियो माथीबाट शौचालय ढल्यो । आमा.. भन्दै चिच्चायो । म पनि अत्ताालिदै बाबु.. भने । हजुर.. भन्दै थियो त्यस पछि अहिले सम्म आमा.. भनेर मेरो छोराले भनेको सुनेकी छैन । उनले डाको छाड्दै भनिन त्यही दुई पटक वोलेको आवाज कानमा गुञ्जिरहन्छ ।

२५ गते परराष्ट्रमन्त्री , सिडिओ, आर्मी पुलिसका ठुला मान्छे र ईञ्जिनियरहरु पनि अघिल्लो क्षतिको अवलोकन गर्न आएका थिए । हाम्रा घर गोठ र शौचालय खतरामुक्त छन । डोजर चलाउन हुन्छ भन्दै गए ।

हामीलाई त्यति ठुला मान्छेहरुले जोखिममा छ है भनि दिएको भए हामी घर छाड्ने थियौं । ट्वाईलटे प्रयोग पनि गर्ने थिएनौं उनले रुँदै भनिन छोरा जिवनमरणको दोसाँधमा छ । कुनै सरकारी निकायका मान्छेहरु हेर्न आएका छैनन ।

विदेश गएका वावु दुई दिन मै फर्किए

किर्ताथका वावु कुमार अभिकारी धन कमाउने सपना बोकेर कतार उडेका थिए । कतार पुगेर झोला कपडा मिलाउन नपाउँदै छोरा पुरिएको खवर पाए । कस्तो दुर्भाग्य ? ऋण काढेर कमाउन गएका उनि गएको दुई दिन मै घर फर्केका छन ।

भावविहल उनि वोल्न खोज्दा गलाअवरुद्ध पार्छन । लाखौं ऋणको भारी बोकरे त्यहाँ पुगेका उनि आफन्त संग अर्को ऋणको भारी बोकर फर्किनु परेको छ । जापानमा रहेका उनका दाजु भाई पर्ने टिका अधिकारी भन्छन ठेकेदारको चरम लापर्वाही र प्रशासनको समेत हेलचाक्राईले यति पिडादायी लाग्दो घटना घटेको हो ।

ठेकेदारको चरम लापर्वाही र प्रशासनको हेलचेक्र्याई

त्यहाँको अवस्था गम्भीर लागेर असार २७ गते जिल्ला प्रशासनमा पुगेर यसै समाचारदाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकृष्ट गराएको थियो । उनले २५ गते सम्म चलाउन भनेको त्यस पछि रोक्न भनेको बताउँदै थिए ।

ति वाढी पिडित परिवारलाई कुल क्षतिको ५० प्रतिशत रकम ठेकेदारबाट ब्यहोर्न लगाएर आएको हुँ , उनले भन्दै थिए २५ गते सम्म त भनियो तर बर्षायामको वेला छ बाटो चाँडै सक्छ भने त एक दुई दिन गरोसकी भन्ने लागेको छ ।’

वालक पुरिएको सम्वन्धमा आज जानकारी गराउँदा आफुले उसै दिन जानकारी पाएर उपचारका लागि पठाईएको उनले बताए ।

सडक डिभिजनलाई यति ठुलो घटना थाहै छैन

उक्त सडक निर्माणको रेख देख गर्ने सडक डिभिजन कार्यालय पाल्पालाई पछिल्लो घटनामा परी घाईते भएका वालकको वारेमा थाहै छनै । डिभिजन प्रमुख ईञ्जिनियर वावुराम सापकोटाको ध्यानकृष्ट गराउँदा उनले आफुलाई त्यसबारे थाहा नभएको बताए ।

पछिल्लो घटना त मिलाएर आएका हौं, उनले भने पछिल्लो घटनामा वालक घाईते भएको कुरा मलाई जानकारी नै गराईको छैन , ति ठेकेदार र उनका सम्पर्क ब्यक्तिको फोन पटक पटक गर्दा पनि उठाईएको छैन । कति किलो मिटर हो ? कति लागतमा निर्माण हुँदैछ ? यो प्रश्नको जवाफ भने आफुले अफिस नगए सम्म दिन नसक्ने बताए । उनले अनुमानित कुरा सुनाए त्यस्तै तिन करोडमा बन्दै होला ।

उनकै शव्दमा तिन करोड लागतमा सडक बन्दैे हो भने त्यहाँ स्टमेट सहितको वोर्ड राख्न पर्ने कि नपर्ने ? ठाउँ ठाउँमा खतराको संकेत प्रयोग गरिनु पर्ने कि नपर्ने ? तलबाट भलले खोलेर ढल्नै लागेको त्यो शौचालय २५ गते नै डोजर लगाएर ढलाई दिन पर्ने कि नपर्ने ? त्यस परिवारलाई प्रयोग नगर्नु होस्भन्न पर्ने कि नपर्ने ? यी गम्भीर प्रश्नको जवाफ अव जनतालाई सरोकारवाला निकायले दिनै पर्छ ।

आईसियु कक्षमा वालक