मालिकाको आकर्षक गीत ‘हल्का माया’ सार्बजनिक(हेर्नुहोस)कस्तो बन्यो ?

अभिनेत्री रेखा थापाको निर्माण, निर्देशन र अभिनय रहेको चलचित्र ‘मालिका’को पहिलो गीत सार्वजनिक भएको छ । मङ्गलवार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको थियो ।

सार्वजनिक ‘हल्का माया’ बोलको उक्त गीतमा सुरेश अधिकारीको सङ्गीत, नर बहादुर कार्कीको शब्द रहेको छ भने स्वर अञ्जु पन्तको रहेको छ । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । अभिनेत्री रेखा थापाको नृत्य रहेको उक्त भिडियोमा झन्डै एक सय बढी कोरसको नृत्य रहेको छ । गीतको छायाङ्कन जाजरकोट दरबारमा गरिएको हो ।

चलचित्र ‘मालिका’मा रेखाको साथमा जाजरकोटकी कमला वलीको मुख्य भूमिका रहेको छ । चलचित्रको पटकथा शिवम अधिकारीले लेखेका हुन् भने कथा र कन्सेप्ट रेखा थापा र नर कार्कीको रहेको छ । यो चलचित्र आँउदो लक्ष्मी पूजाको प्रदर्शनमा आउने छ ।