प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशलाई अंचल भनेपछि संसदमा यस्तो भयो (भिडियो)

बिहीबार गण्डकी प्रदेशको संसदमा बिशेष सम्बोधन गरे । उनले गण्डकी प्रदेश भन्न पर्नेमा गण्डकी अंचल उच्चारण भएको समेत थाहा पाएनन् । गण्डकी अंचल भन्दा सांसदहरु मुसुमुसु हाँसेका थिए । करिब एक घण्टा लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले ओलीले गण्डकी प्रदेश देशकै नमुना प्रदेश रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले गण्डकी प्रदेश सांस्कृतिक, ऐतिहासिक, भौगोलिक, प्राकृतिक, पर्यटकीय लगायतका दृष्टिले धेरै सम्भावना भएको देशकै नमुना प्रदेश रहेको बताएका हुन।
गण्डकी प्रदेशमा शिक्षा, स्वास्थ्यको केन्द्र र पर्यटनको हब बनाउनु पर्ने बताउदै प्रधानमन्त्री ओलीले अझै पनि नेपालबाटै उच्च शिक्षाको लागि ५० लाख खर्च गरेर बार्षिक ४ सय जना विदेशीने गरेको बताए । उच्च शिक्षाको लागि २ अर्ब बराबरको रकम विदेशीएको बताउदै उनले यसलाई यही रोक्दै विदेशबाट समेत अध्ययनको लागि विदेशीहरुलाई नेपालमा आउने वातावरण बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
गण्डकी प्रदेशमा हिमाल देखि पहाड हुदै तराईसम्म धेरै पर्यटकीय र फिल्मीका दष्टिले धेरै सम्भावना रहेकोले यस प्रदेशलाई फिल्मि सिटि घोषणा गरे संगै दुई बर्षमै आधा मुम्बै प्रदेशमा आउने दाबी गरे
नेपालको पुर्व पश्चिममा रेल र पानी जहाज चलाउने कुरामा कोहिले मजाक गरे पनि यसलाइ आफुहरुले सार्थक पारी छाड्ने प्रधानमन्त्री ओलीको भनाई छ । नदीबाट समुन्द्रसम्म, रक्सौलबाट काठमाण्डौंसम्मको रेल मार्गको लागि अध्ययन जारी रहेको उनले जनाए । उनले भने नेपालमा चल्ने रेलले आउदा विदेशबाट सामान ल्याउछ, फर्किदा के लैजान्छ भनेर धेरैले चिन्ता गर्नु भएको छ, तर हामीसंगै जडिवुटि युक्त विश्वमै नभएको पिउने पानी उत्पादन गरी हामीले विदेशमा पानी पठाउनु पर्छ ।