शौचालय भत्कदा गम्भीर घाइते भएका कृतार्थ अधिकारी जीवन मरणको दोसाँधमा : अधिकारिको परिवार न्यायको खोजिमा

सुन्दर कसजु, रिडि, साउन ३ ।

गएको आषाढ ३१ गते रिडिमा शौचालय भत्कदा गम्भीर घाइते भएका कृतार्थ अधिकारी अहिले जीवन मरणको दोसाँधमा छन। ३१ गते बिहान करिब ८ बजे तिर शौच गर्न भनि शौचालय प्रवेश गर्ना साथ शौचालय एकाएक ढल्यो। घटना लाइ सडकमा हिडिरहेका प्रत्यक्षदर्शीहरुको सहयोगमा तत्काल उद्दार गरियो। तर इटा र कंकृतले बनेको शौचालय भएका कारण यसले कृतार्थ लाई थप गम्भीर घाइते बनायो। उपचारका लागि तत्काल रिडि स्वास्थ्य केन्द्रमा लगियो र प्राथमिक उपचार पछि उनलाइ त्यहा बाट थप उपचारका लागि पाल्पा स्थित मिशन अस्पताल लगिएको थियो। तर मिशन अस्पतालले पनि उपचार गर्न नसक्ने भए पछि पाल्पाकै प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको थियो। घटनामा कृतार्थको शरिरको अन्य भागहरुमा चोट देखिए पनि टाउकोमा गम्भीर चोट लागेको थियो। अस्पतालमा सिटिस्क्यान रिपोर्ट्ले उनको टाउको को हड्डी फुटेको र ब्रेनमा असर परेको देखिए पछि तत्काल उनको अपरेसन गरिएको थियो। तर अपरेसनको आज (साउन३) ५ दिन बितिसक्दा पनि उनी अचेत अबस्थामा रहेका छन।

घाइते कृतार्थको सिटि स्क्यान रिपोर्ट

घटनाको कारण:

बिगत केही महिना देखि रिडि बजार भन्दा माथिल्लो भागको डाँडा पिपलटारीमा सडक फराकिलो बनाउने क्रममा निस्किएको ठूलो परिमाणको ढुङा र माटो लाई रिडि बजार तर्फको भिरमा फ्याकिएको थियो। तर गत आषाढ २४ गते राती परेको अबिरल बर्षाले सम्पुर्ण ढुङ्गा र माटो लाई बगाएर ल्याउदा रिडि बजारका प्रमोद श्रेष्ठ तथा डम्बर थापाको घर पुरिन गयो। घटनामा प्रमोद श्रेष्ठको घर बस्नै नमिल्ने गरि क्षति भए पछि उनको घर लाई डोजर प्रयोग गरेर भत्काइएको थियो। उनको घर संगै रहेको पुर्व तर्फको रिडि बहुमुखी क्याम्पसको छात्रावास भवनमा कृतार्थको परिवार डेरा गरि बसेका थिए। प्रमोद श्रेष्ठको घर संगै उक्त भवनको शौचालय सटाएर बनाइएको थियो। जब प्रमोद श्रेष्ठको घर भत्काइयो त्यस पछि उक्त शौचालय ढिकमा झुन्डिएको अबस्थामा रहन गयो। त्यस दिन पछि परेको लगातारको वर्षाले उक्त शौचालयको जग कमजोर हुँदै गयो भने डोजरले माटो निकालेर फ्याक्ने क्रम पनि जारि रहेको थियो। घटना घत्नु केही दिन अघि बाट नै उक्त शौचालय भत्किन सक्ने अनुमान गरिएको थियो। तर यस बिचमा कसैले पनि संभावित घटनाको जानकारि अधिकारी परिवार लाई दिइएन। अधिकारी परिवारले पनि यो शौचालयको प्रयोग नियमित गर्दै आयो। तर दुर्भाग्य ३१ गते बिहान संभावित भनिएको घटना यथार्थमा रुपान्तर भयो र कृतार्थ गम्भीर अबस्थामा पुगे।

शौचालय भत्कनु अघिको घटना स्थलको तस्बिर

न्यायको खोजिमा अधिकारी परिवार:

घटना भएको आज साउन ३ गते ५ दिन भइ सकेको छ। तर घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन। परिवारले अहिले सम्म मौखिक सहानुभूति बाहेक कुनै पनि सहयोग प्राप्त गरेको छैन। ५ दिन बिति सक्दा पनि कुनै पनि संवन्धित पक्ष, संघसंस्था तथा स्थानिय निकाय कहि कतै बाट उचित क्षतीपुर्तीका लागि ब्यबस्था नभएको भन्दै परिवारले रिडि बजार वासी संग न्यायको लागि अपिल गरेका छ। अधिकारी परिवारले जारी गरेको अपिलमा शौचालय दुर्घटनामा पर्न सक्ने संभावित घटनाको जानकारी हुदाहुदै पनि संबन्धित निकायले आफुहरु लाइ जानकारी नदिएका कारण यो घटना भएको जनाएको छ। यो घटनामा कृतार्थ अधिकारी जीवन मरणको दोसाँधमा पुग्दा सम्म पनि कुनै पनि पक्ष बाट न्यायका लागि पहल नभएको हुदा सम्पुर्ण रिडि बजार वासिमा न्यायका लागि अपिल गरेका छन।

रिडी नेटवर्कको सहयोगमा

यसरि आयो रिडि बजारको #दुईवटाघरहरु_पुरिने गरि ढुङ्गा र माटो सहितको भल, हेरौ भिडियो

पुरा न्युजको लागि यो लिंकमा जानु होला