बिजुली अफिसमै रक्सीपाटी, कुलमान चकित, प्रहरीले यसरी समायो (भिडियो)

सरकारी कार्यालय अगाडी नै कर्मचारीहरु बसेर रक्सी र मासु खाईरहेका थिए । कर्मचारी मात्र थिएनन् उनका परिवार र बालबच्चा पनि मासु चिउरा खान पाएकोमा खुसी थिए र भन्दै थिए बाबाले पार्टी छ भनेर ल्याउनु भएको, मासु भुजा खान पाईयो ।
प्रशंग हो नेपाल बिद्युत प्राधिकरण पोखरा ग्रिड शाखा लेखनाथको । हामीलाई कसैले सूचना दिएका थिए । प्राप्त खबर अनुसार हामी त्यहा पुगेका थियौं । हामी पुग्दा उक्त स्थानमा पार्टी छ भन्ने कुराको टुङ्गो बाहीर गेट बाटनै लाग्यो किनकी बाहीर गेटमा बस्ने सेक्युरीटी गार्डले पनि मासु चिउरा खाईरहेका थिए । सुरुमा उनले भित्र जान रोकेजस्तो थरे पछि हामी पनि उक्त पार्टीमा सहभागि हुने भनेपछि सेक्युरीटीले हामीलाई भित्र जान अनुमति दिए र आफ्नो ध्यान हामीतिर भन्दा बढी प्लेटको मासुतिर दिए । हामी अगाडी बढीयो । सरकारी कार्यलयको भवन अगाडीनै कार्यलय प्रमूख कैलाश पन्त सहित २३ जना कर्मचारी रक्सी र मासुको पार्टीमा थिए ।
सरकारी कार्यालयको अगाडी, भएभरका कर्मचारी र ब्राण्डेड रक्सीका बोत्तल तथा बियरका बोत्तल साथमा मासु भुजा/चिउराको साथमा कर्मचारीहरु रमाईहरेको थिए । कता कता रिस उठिरहेको थियो । जनताको करबाट सरकारी तलब खाएर मोझ गर्नेहरु प्रति कता कता लाज पनि लागिरहेको थियो । यो दृश्य देखिरहँदा । हामी गएर फोटो÷भिडियो खिच्दा पनि ति कर्मचारीहरुमा कुनै संबेदनात्मक परिवर्तन देखिएन । उनिहरु हामीलाई हेर्दै प्लास्टिकको गिलासमा रहेको यो भोड्का र प्लेटको मासुको स्वाद लिईरहेका थिए ।
हामी उनीहरुले खाएको र पिएको मात्र हेरेर बस्यौं, उनीहरुले कुनै प्रतिकृया जनाएनन् । केही समयपछि स्थानमा नेपाल प्रहरी आई पुग्यो र उनिहरुलाई डाँडाकोनाक प्रहरीले नियन्त्रणमा लियो । प्रहरीको समु उनीहरुले बिहेको पार्टी भएको बताए । कर्मचारीको छोराको पार्टी भएकाले त्यही पार्टी स्वरुप यो गरिरहेका बताएका थिए । उनिहरुको मापसे परिक्षण पछि थाहा भयो ११ जना कर्मचारी मापसेमा सहभागि रहेछन् । सरकारी कर्मचारी त्यो पनि सरकारी कार्यालयको हाताभित्र कर्मचारीको छोरोको बिहेको पार्टी भन्दै रक्सी र मासु दन्काईरहेका थिए । उनीहरुले सोच्नु पर्ने हो की सरकारी कार्यायलको हाताभित्र यस्तो काम गर्नुहुँदैन । यसबारे प्रतिकृया माग्दा कार्यालय प्रमुख कैलाश पन्तले कर्मचारीको तर्फबाट भएको पार्टी बताए । उनले अफिसको कार्यालय अगाडी नगरिएको र क्वाटरको हाताभित्र गरीएको समेत दबि गरे । हामीले हेर्दा पनि स्थल ठिक कार्यालयको मुल गेट अगाडी नै थियो । पन्तले आफूहरुले सरकारी तबरबाट नगरिएको र कर्मचारीको छोराको पार्टी भएकाले कर्मचारीले दिएको बताए । उनले धेरै ठाउँमा सबस्टेशन भएकाले सबै कर्मचारीहरुको एकैपटक बिदा वा छुट्टी नमिलेकाले पनि यो सामुहिक कार्य गरेका बताए । उनले कार्यालयको क्षेत्र नभई यो क्वाटरको क्षेत्रमा पार्टी गरेको दाबी गरे । कार्यालय र क्वाटर संगसंगै जोडिएकाले पनि त्यस्तो लाग्नु स्वभाबिक भएको उनको धारणा थियो ।
यसबारे हामीले नेपाल बिद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङसंग प्रतिकृया माग्दा आश्चर्य लागेको बताए । उनले घटनाको प्रकृति हेरेर कारबाही गर्ने बताए । उनले भने–‘कर्मचारी क्वाटरमा बस्छ भने उसले आफ्नो व्यक्तगति पार्टी क्वाटरमा पनि गर्न सक्छ’। कार्यालय समय र कार्यालय हाताभित्र यस्ता प्रकारको काम गर्न कसैलाई छुट नभएको बताउँदै घिसिङले घटनाको प्रकृति हेरेपछि बाँकी कामकारबाही अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरे ।