नेपाली इतिहासमै पहिलो पटक चेलीहरुका भगवानको सम्मानमा यस्तो देखियो (भिडियो सहित )

काठमाडौँ,
नेपाली संगीत नेपालको मौलिक संगीत हो। नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखि नै भएको पाइन्छ । लोक संगीत, शास्त्रीय संगीत, आधुनिक संगीत, पप संगीत, रक संगीत आदि प्रकारका संगीत नेपालीमा पनि सुन्न पाइन्छन्। यस्तै लोक संगीतमा निरन्तर लागि रहेका लोक दोहरी गायक निलमनी भण्डारी बरिष्ट गायिका सर्मिला श्रेष्ठको आजको लोक दोहरी बिशेष प्रस्तुती स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण दर्शक महानुभाव हरुको लागि एकदमै मनोरंजनले भरिएको कार्यकर्म ”रोधीघर लाइव” । यसै रोधीघर मा जोडिन पुग्नु भएको छ आङकामी शेर्पा र उनको सम्मानमा बन्यो यस्तो गित भिडियोमा हेर्नुहोस ।

अमेरिकामा लामो समय देखी बस्दै आउनु भएका समाजसेवी आँङ् कामी शेर्पा फेसबुक लाइव बाटै अहिले सम्म १२५ चेली हरुको उद्दार गर्न सफल हुनु भएको छ। विदेशमा दुः ख पाएका नेपालीको सहयोगमा खट्दै आएका उनीसँग नेपालबाट मानव तस्करीमा लाग्नेको लामो सूची छ । आजको बिशेष आँङ् कामीले नेपालबाट ४ बर्षिया अलिश्ना बोन्म्यारो पिडित बालिकालाइ लाइवमा सहयोगी मनहरुको संकलन रकमको जानकारी दिनु भएको छ। आमा भनेको त भगवानको रुप मानिन्छ फेरी किन यस्ती निष्ठुरी बनेकी होलिन यिनी आमा जो ४ बर्षिया अलिश्ना बोन्म्यारो पिडित बालिका लाइ छोडेर भागेकी थिइन्। हेर्नुहोस भिडियो बाकि बिस्तृत जानकारी सहित ।

विदेशमा बसेर पनि सामाजिक सञ्जालको माध्यमबाट उनले गरेको यो मानवीय सेवालाई सिआइबी, सम्बन्धीत देशका दुतावासका कर्मचारीहरु र नेपालबाट दावा थोकर तामाङ, कलाकार नवीन खड्काबाट सहयोग पाइरहेको उनले बताए । उनले अहिलेसम्म कुवेत, लेबनन, मलेसिया, ओमान र सिरियाबाट पीडितको उद्दार गर्दै आएका छन् । ‘भगवानको कृपाले मैले थालेको कार्यबाट सबैको सहयोगले धेरैको उद्दार गर्न पाएँ । पीडितहरुको उद्दारका लागि भविष्यमा सबैको सहयोगको आशा गरेको छु ।’

आङकामी शेर्पा भन्नु हुन्छ : सामाजिक कार्यमा कामगर्नको निमित्त मलाइ प्रत्यक्ष, अप्रत्यक्ष रुपमा यसै सामाजिक संजाल फेसबुक र अन्य संजालहरु मार्फत म सग जोडिदै हरदम निरन्तर साथदिदै सहयोग गर्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हृदय देखि धन्यवाद टक्र्याउन चान्छु। सर्वप्रथम म अत्यान्तै विनम्रको साथ अनुरोध गर्न चाहन्छु जुन पैसाकै लागि आफ्ना चेलीबेटीहरुलाइ परदेशको भुमिमा बलिन्धारा आँसु, बगाउन र उहाहरुलाइ मृत्युको शिखार हुन बाध्यता पारीदिनेहरुलाइ कृपया कुनैपनी नेपाली दिदिबहिनीहरुलाइ दु:ख, पिडामा पारीदिएर आफ्नो जिबिकोउपार्जन नगरीदिनुहोला। कुनैपनी दिदिबहिनीलाई गलत कृयाकलाप गर्नु भन्दा आफ्ना घरका दिदिबहिनी छोरीहरुको अनुहार हेर्नुहोला। नारीको संमान गर्न सिकौ सबै नेपालीहरुको सद्भाव जगाउ।

अन्तमा सम्पुर्ण नेपाली चेलीबेटीहरुमा बिशेषगरी परदेशको भुमिमा आएर आफ्नो खुन पसिनाले आर्जेको रकम कुनै चोर फटाह र चतुर्‍याइँ गर्नेहरुको बिश्वासमापरी बिना सबुत, कुनै आधार नबनाइ ठूलो देश जाने लालजमा यो फेसबुक र स्काइप संजालहरुको भरमा मत्रै पैसा नदिनुहोला। र यसबिसयमा बुझेको र अलि शिक्षित बुद्धिजीवी मित्रहरु सग सोधपुछ गर्दै त्यसरी फसाउन खोज्नेहरुलाइ आफु नफसिदै सामाजिक कारबाही गर्न अगाडिबडिदिनुहोला। अनि कुनै मया पिरतिका भाषा बोल्दै अनेक कुकृत्ते गर्ने र फसाउनेहरुबाट सावधान हुन विनम्र अनुरोध गर्द्छु। आजभोलि दिनानुदिन हाम्रा चेलीबेटीहरु चरम गरिबी र देशको बिग्रदो राजनीति अनि हरेक चोर दलालहरुको अनेकौ लोभलालचको कारण परदेशिने संख्या अत्यान्तै तिब्र गतिमा बडेको देखिन्छ। परदेशमा गएर दु:ख मत्रै पाइन्छ भन्ने पनि छैन।

कतिपय दिदिबहिनीहरुका हकमा राम्रो पनि देख्न र सुन्न पाइन्छ भने अधिकंस दिदिबहिनीहरुको रोदनले मुटु हल्लिन्छ। बिगत केही समय देखि यता म आफ्नो सक्रियता र धेरै बुद्धिजीवी अनि समाजसेवी दाजुभाइ दिदिबहिनीहरुको मद्दतले आठ दर्जनका हारहारीमा खाडिमुलुक ओमन, कुवेत, दुबै,सिरिया,बग्दाद, आदि स्थानबाट उद्दारगरी नेपाल भित्याउन सफल भएकाछौ। र जुन जुन चेलीहरु परदेशमा त्यो दु:खबाट त्यो कालको मुखबाट खोसेर नेपाल लैजान सफल भएकाछौ उहाहरुले पनि थोरै सोचिदिनु त आफुलाइ कति कष्ट र पीडा थियो त्यो अरु अन्य दिदिबहिनिलाइ नपरोश भन्नका निमित्त तपाइहरु खुलेर आउनुहोश मुख छोपेर हैन। ती त्यस्ता चोर दलालहरु सग सबै मिलेर लडौ हातेमालो गरौ अब कुनै दिदिबहिनिले परदेशमा आँसु बगाउन नपरोश। नेपाल सरकारले सुकृतीदियको देशहरुमा स्रमसम्झौता गरि भिसा के कस्तो हो म कुन देश पुग्दैछु त्यहा गएर के काम गर्नु पर्ने हो र काम कति समय गर्न पर्नेहो र सेवासुबिधा कति पाइनी हो सबै कुराहरु समन्धित निकायमा बुझेर मत्रै पाइला चाल्नुहोला।

को हुन् निलमनी भण्डारी उनकै आफ्नो शब्दमा,
जन्मस्थान् भोजपुर दिँङ्गला,पिताको नाम बिष्णु प्रसाद भण्डारी माताको नाम रण कुमारी भण्डारी,जन्मेको सात महिनामा पोलियो रोगका कारण अपांग जिवन् बिताइरहेको छु,मेरा दूबै खुट्टा र एउटा बायाँ हात पूर्ण रुपमा चल्दैनन्, विगत २०५८ साल देखि साँगितिक छेत्रमा लागिरहेको छु, मेरा अहिले सम्मका गिति एल्बम हरु:- मायाँ गाँसेर, चारतिरै बास्ना छरेर, कुहिरो लाग्यो, अभागीको कर्म, खोयाविर्के, अब बजारमा आउने क्रममा रहेका एल्बम हरु :- म चिन्दिन भने,र अपाङ्ग जिवन।

पेशागत रुपमा काठमाण्डौका दोहोरी साँझ हरुमा ८ वर्ष गीत गाएँ, म पुर्वको मान्छे भएपनि पश्चिमे दोहोरी गीत गाउँछु, २०६२ सालमा बुटवलको औद्योगिक प्रदर्शनी मेलामा दोहोरी गीत प्रतियोगिता गरिएको थियो, त्यस बखत अहिलेकी चर्चित गायिका बहिनी देवि घर्ती दोस्रो र म प्रथम पुरस्कार जित्न सफल भएको थिएँ। नेपालमा भएका धेरै दोहोरी प्रतियोगितामा म प्रथम् भएको छु, त्यस बखत अहिलेको जस्तो युट्युब च्यानल र हरेक सामाजिक सञ्जाल भइदिएको भए आज म लाखौँ दर्शक र श्रोताको मन् मुटुमा बस्न सफल हुन्थेँहोला।तर बिडम्बना नै भन्नुपर्छ मैले गित सँगितको छेत्रलाई निरन्तरता दिन सकिन, कारण थियो आर्थिक अभाब् र मेरो शारिरीक अबस्था। हाम्रो यति सानो देशमा ३२ लाख अपाङ्ग हरु छौँ, त्यो ३२ लाख अपाङ्ग मध्येमा एक म पनि पर्छु, म जस्ता कति अपाङ्ग दाजुभाई दिदीबहिनीहरु आफ्नो प्रतिभा लाई गुम्स्याएर बसेका होलान् तिनिहरुको पिडा कसले बुझ्छ। म त छक्क परेको छु, अगाडी बढ्न खोज्दा खुट्टा तान्ने प्रचलन हाम्रो

देशमा मात्रै हो कि अरु देशमा पनि छ कुन्नि? सँगै सङ्घर्ष गरेका एउटै स्टेजमा गित गाएका र म सँगै मेरो कोठामा बसेका अहिलेका राष्ट्रिय कलाकारको उपाधि पाईसकेका साथिहरुले मलाई नचिन्दा चाहीँ साह्रै दुःख लाउँछ। दुई चार ओटा एल्बम निकाल्दैमा र दुई चारओटा देश घुम्दैमा आफूलाई यो संसारकै सबैभन्दा ठूलो कलाकार ठान्ने हरुलाई मेरो भन्नु केही छैन। कहिले काहीं त यस्तो लाग्छ, मेरो कलाले यो साँगितिक जगतमा एउटा सानो स्थान सम्म नपाउँदा म किन नेपाल जस्तो गरिब देशमा जन्मेछु। तर यो देशका मान्छे हरु जति नै स्वार्थी भएपनि मलाई मेरो देश नेपाल नै प्राण भन्दा प्यारो लाग्छ, र ति स्वार्थी मान्छेहरुप्रति दया लागेर आउँछ। म एउटा पुस्तक प्रकाशन गर्ने क्रममा छु साहित्य प्रति पनि मेरो झुकाब भएको कारणले गर्दा मेरो जिवनी त्यहि पुस्तकमा लिएर चाँडै आउँदैछु,

अहिले त्यही पुस्तकको लेखन कार्यमा आफ्नो समय खर्चिरहेको छु, गित संगीत र साहित्यलाई सँग सँगै अगाडी बढाउने प्रयासमा छु, हेरौँ समयले कहाँ पुर्‍याउँछ। र मेरो अर्को चाहना भनेको मैले चढ्ने चारपाँग्रे स्कुटरको बायाँपट्टिको चक्कामाथि बसेर एउटै हातले र एउटै ब्रेकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यात्रा गर्ने इच्छा छ, त्यसैगरी भोटेकोशीमा बञ्जिजम् गर्ने इच्छा छ, तर यो सबै गर्नको लागी तघारो बनेको छ, मेरो गरीबी। त्यसैले देश विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजू भाई दिदी बहिनी हरु सँग सहयोगको अपिल गर्दै मेरा दुई शब्दलाई यहीँ पूर्णँविराम दिएँ। जय होस्।।।।।।