दर्शकहरुले अत्याधिक रुचाए चलचित्र यो पागल मन, पहिलो र दोश्रो दिनमै आक्रामक ब्यापार

२९ असार गते शुक्रबार देखी देशव्यापी प्रदर्शनमा आएको चलचित्र’ यो पागल मन’ निकै राम्रो ब्यापार सुरु गरेको छ ।

लभस्टोरी जनरामा निर्माण गरीएको चलचित्रलाई पहिलो र दोश्रो दिन दर्शकहरु निकै साथ दिएका छन्। गौरी मल्ल, बिनोद न्यौपाने, रिचा सिहं ठकुरी ,राजेश ढुंगाना, एनि कँवर यस चलचित्रमा मुख्य अभिनय रहेको छ ।

त्रिकोणात्मक प्रेम कथामा आधारित यस चलचित्रमा बिनोद न्यौपानेलाई लभर ब्वाईको रुपमा देखाईएको छ भने नाई नभन्नु ल मार्फत चलचित्रमा डेब्यु गरेकी नायिका रिचा सिंह ठकुरी ५ बर्ष पश्चात यसै चलचित्र मार्फत पुर्नआगमन गर्दैछिन् ।

यस्तै यो चलचित्रमा गौरी मल्ल पनि ससक्त भूमिकामा छिन् । यो चलचित्रलाई निर्देशन कल्याण अधिकारीले गरेका हुन् । उनको पनि यो डेब्यु फिल्म हो । चलचित्रको प्रदर्शनीका लागि आफु निकै उत्साहित रहेको कल्याणको भनाई छ ।

यो चलचित्रमा अर्जुन पोखरेलको संगीत, राजु किरात राईको द्धन्द्ध निर्देशन, दयाराम पाण्डेको गीत रहेको छ । आफुले कार्यक्रम गरेर पहिला फिल्म घोषणा गरेपनि यो पागल मनले अरु तीन नेपाली चलचित्रसँग जुध्नु पर्ने भएको छ ।

यसरी जुधाएकोमा दुःख व्यक्त गर्दै नेपाली फिल्महरु एक आपसमा जुध्दा कुनै पनि फिल्मलाई फाईदा नहुने निर्देशक एवम् निर्माता कल्याण अधिकारी बताउँछन् । धेरै दुःख गरी आफुले ३ बर्षको समय पश्चात रिलिज गर्न खोजे पनि काठमाडौं उपत्यका र मोफसलमा धेरै हल पाउन नसकेको उनको गुनासो छ ।

यो चलचित्रले काठमाडौं उपत्यकामा ७ ओटा सिनेमा हल र मोफसलमा १२ ओटा सिनेमा हल पाएको पनि निर्देशक तथा निर्माता कल्याण अधिकारीले जानकारी गराए । थोरै सिनेमा हल पाए पनि यस फिल्मलाई दर्शकले मन निकै मन पराएका कारण यतिबेला निर्माण पक्ष निकै उत्साहित छ ।