नेताको पिलो निचोर्न विदेश पुग्छन करोडौ करोड बजेट छुटिन्छ दु:खको कुरा तेही देशका जनताको अवस्था यस्तो छ (भिडियो सहित)

स्कटनेपाल युके,

गरिवीको कारण बैतडी जिल्ला दोगडाकेदार गाउँ पालिका वडा नं. ६ सित्तड टोलका कटी भुललाई खुट्टाको अौंलाहरुमा क्यान्सर रोग लागेर पुरै खुटा कुहेको बारेमा सामाजिक सन्जालमा खुटा कुहेको फोटो र सम्बन्धित ब्यतिकोको खोजीको लागी नवजीवन परोपकार समाज लागी पर्यो र नेपाली साझा मंन्चका कार्यवाहक अध्यक्ष सारदा भुसाल झा संग दुर्गा नाथ दाहालको फोन बार्तामा लामों प्रयास पछी अहिले पिडितलाइ काठमाडौ उपचारको लागी लेउन सफल भएको नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गा नाथ दाहालले जानकारी गराउनु भयो।

यो पिडितको बिषय बस्तुलाइ समेटेर नवजीवन परोपकार समाजको तर्फबाट अध्यक्ष दुर्गा नाथ दाहाल भन्नु हुन्छ :
एक महिनाअघि देखि फेसबुकमा भाइरल भइरहेको उहाँको अवस्थाप्रति नेपाली साझा मंच (अन्तर्राष्ट्रिय समन्वय समिति)का अन्तर्राष्ट्रिय अभियंता मनविर भुल (कुवेत) को ध्यानाकर्षण भइ खोजी गर्दा सो जानकारी प्राप्त भएको हो । क्यान्सरबाट पीडित भनिएका कटी भुलले आफ्नो सर्वस्व सकेर भारतमा उपचार गर्दा पनि अवस्था उस्तै रहेपछि र खर्चको अभावमा उपचारविहीन रहनु परेको रहेछ । रोग फैलिएर खुट्टा नै काट्नु पर्ने अवस्था भएको छ 2 वर्षको र तिन महिनाका दुई छोरा नावालक भएका बैतडी घर हुने कटि भुलको गरिवीको कारण उपचार गर्न नसकेर घाउभएर सरिर कुहिएको थियो यो कुरा थाहा भए पछि.नेपाली साझा मन्च र नवजीवन परोपकार समाजको प्रयासमा हिजो काठमाडौ लेराउन सफल भएका छौ ।

रातीको सवा २ बजे कटी भुलको जाँच भो ट्रमा सेन्टर को डाक्टर ले अहिले देखि भोलि ४ बजे सम्म पानी सम्म पनि खान नदिनु भनु भयो हामि रात भरि सेवामा छौ उनको भोलि बिहान ९ बजेदेखि विषेश जाँच का साथै अप्रेरेसन हुनेछ भनु भको थोयो तत्काल अपरेसन गरेर खुटा काटेन भने कुहिएको घाउको जहर शरीर भरी फैलने जानकारी दिनु भयो बिहान देखी रंगत खोजने कार्य देखी भिभिन्न काममा नेपाली साझा मंन्चको कारर्यवाहक अध्यक्ष शारदा भुसाल ज्यु र नवजीवन परोपकार समाजको तर्फबाट अध्यक्ष दुर्गानाथ दाहाल लागी परेका छौ हामी जसरी पनि वाहाको उपचारमा कुनै कसर नराखि लागेका छौ कति ख़र्च लाग्ने हो सो पुर्ण जाँच पछी मात्रै थाहा हुनेछ । कृपया कटी भुलको उपचार को लागि सबैले सक्दो सहयोग गरौं ।

शारदा भुसाल 9862259879 (९८६२२५९८७९)
दुर्गानाथ दाहाल 9851059892 (९८५१०५९८९२)
नवजीवन परोपकार समाज 00100101038760000001 (००१००१०१०३८७६००००००१)
प्रभु बैक बवरमहल काठमाडौ

सहयोगीमन हरु माथी उल्लेख गरिएको फोनमा सम्पर्क गर्न सक्नुहुनेछ।