गृहमन्त्री थापाले वैदेशिक समस्या हेर्ने रन्जित आले मगरको नेतृत्वमा बिभाग गठन गरे

गृहमन्त्री राम बहादुर थापा बादाल द्वारा वैदेशिक रोजगारीका समस्या र वैदेशिक कुटनैतिक बिभाग गठन गरि त्यसको जिम्मेवारी रन्जित आले मगर न्युक्ती गर्नुभएको छ ।

वैदेशिक रोजगारीमा नेपाली मजदुरहरुको धेरै गुनासो तथा पिडितहरुको पीडा सिधा गृहमन्त्री ज्यु लाई सम्बोधन भए यता त्यस क्षेत्रमा भएको समस्या र बिकृती ,ठगीबाट हजारौ नेपाली पिडित परेका र नेपाली महिलाहरुलाइ पनि भारत देखि खाडिका विभिन्न देशमा बिक्री गरेको खबरले गृहमन्त्रीले कडा कार्बाही गर्ने हेतुले गृहमन्त्री थापाले वैदेशिक समस्या मा आएका समस्या समधानको लागि बिभाग गठन गरेका हुन ।

गृहमन्त्रालय पुगेर खाडिमा मजदुर आवाज उठाएका मजदुर नेता बि बि खरालले गृहमन्त्री थापालाइ खाडी क्षेत्रमा नेपालीहरु दलाल र मेनपावरको मिलोमतोमा चरम चर्को रकम ठगी परेको र अलपत्र पारिएको बारे मन्त्री थापालाइ ध्यानाकर्षण संगै त्यस्ता दलाल र मेनपावर लाई कडा कार्बाही गर्न माग गरेका थिए ।

हजारौ नेपाली खाडि लगाएत जापान ,मकाउ ,युरोप जाने चक्करमा हाल भारतको दिल्लिमा अलपत्र परेको बारे जानकारी गराए सङै गृहमन्त्री थापाले त्यस्तो समस्या समाधान र मेनपावर , दलाल लाई कार्बाही गर्न र मजदुरहरुको गुनासो सुन्न वैदेशिक बिभाग गठन गर्नुभएको गृहमन्त्रालयको वैदेशिक बिभाग हेर्ने रन्जित थापाले बताए ।

नेपालीलाइ अलपत्र पार्ने ठगिएका नेपालिहरु को समस्या बुझेर गृहमन्त्री लाई जानकारी गराइ आवस्यक कार्बाहिको प्रक्रियामा जाने रन्जित आलेले बताए । सुदिप लामा भेटघाटको लागि निवासमा सम्पर्कमा र अचुत राज पन्त भेटघाटको लागि मन्त्रालयमा भने रन्जित आले मगर वैदेशिक कुटनैतिक बिभागमा न्युक्ती पाएका छन ।