बेलायत पुगेकी अभिनेत्री छुल्ठिम गुरुङलाई दोहोरो फाईदा भएको छ (भिडियो सहित)

स्कटनेपाल, युके,

एक सांस्कृतिक कार्यक्रमका शिलसिलामा बेलायत पुगेकी अभिनेत्री छुल्ठिम गुरुङलाई दोहोरो फाईदा भएको छ । एकातिर कार्यक्रममा सहभागीता, अर्को तर्फ उनले बोनस प्राप्त गरेकी छिन् । छुल्ठिमले बोनशका रुपमा एक म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरेकी हुन् ।
लामो समयदेखि बेलायतमै बस्दै आएका गायक सन्तोष बि.क.को एक गीतको म्यूजिक भिडियोमा छुल्ठिमले अभिनय गरेकी हुन् । ‘जूनी जूनी’बोलको उक्त गीतको म्यूजिक भिडियोमा छुल्ठिमसँग गायक आफैले स्क्रिन शेयर गरेका छन् । गीतमा सन्तोषकै शब्द तथा संगीत रहेको छ ।

भिडियोमा सञ्चारकर्मी कुशल श्रेष्ठको निर्देशन, छायांकन तथा सम्पादन रहेको छ । गीतको म्यस्जिक भिडियोमा दीपिका श्रेष्ठको मेकहप अञ्जली के.सी.को डिजाईन तथा विष्णु श्रेष्ठको सह–निर्देशन रहेको छ । म्यूजिक भिडियो निर्माणका लागि प्रकाश कंडेलले सहयोगीको भूमिका निर्वाह गरेका छन् ।