कती ठुलो मन हो आमा तिम्रो : हाम्रो देश यस्तै आमाको खोजीमा छ ! (भिडियो सहित)

युके,
बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग । बेलायत बासि १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोहि कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् । अहिले चार बर्षकी ब्लड क्यान्सर पीडित कृश्टिना सुनारका लागि उनी दिनरात नभनी अभियान चलाई ५ लाख भन्दा बढी रकम रबि लामिछाने मार्फत हस्तान्तरण भएको थियो। उनी भन्छिन् म बेलायतमा भएपनि मन भने नेपालमा नै छ, नेपालीकोपीडाले सबैभन्दा बढी छुन्छ मलाई । कोहि कसैले नेपालको बारेमा नराम्रो बोल्यो भने पनि म चुपलागेर बस्न सक्दिन । पछिल्ल्लो समयमा उनले गरेका सामाजिक अभियान हरु थुप्रै छन् र निरन्तर लागी परेकी छन् । ४ बर्षीय क्यानसर पिडित एलिश्ना राइ बचाउ अभियान अब बन्द गरे न भन्दै उनि फेरी थापा रकम जोड्न सफल भएको जानकारी आफ्नो फेसबुक स्टाटस मार्फत आज सार्बजनिक गरेकी छन् ।


समाज सेवी इशा गुरुङ आफ्नो वाल मा लेख्नु हुन्छ :

सुचना / ३ लाख ४३ हज़ार ९ सय रुपिया नानु लाइ हस्तान्तर गरिसकेका छौ र अब बाकी जापान र कुबेतको गरेर ३० हज़ार १९३ रूपिया , नानु भारत बाट फर्के पछि खुसी राइ बहिनिले हस्तान्तर गर्नु हुनेछ , ४ बर्षीय क्यानसर पिडित एलिश्ना राइ बचाउ अभियानमा कुबेत बाट सुर्य भाइको पहलमा फेरी पनि ९ हज़ार ८० रुपिया सहयोग गर्नु भएको छ , उहाले यहि बचाउ अभियानमा अस्ति भरखर पनि १० हज़ार ७२६ रुपिया माया तामान्ग बहिनि बाट सहयोग प्राप्त भएको थियो र उहाकै पहलमा मात्र १९ हज़ार ८०६ रूपिया सहयोग गर्नु भएको छ , उहा लगायत उहा सँग जोडिनु भएका महान् सहयोगी मनलाइ धेरै धेरै धन्यबाद दिन चाहान्छु