गायिका सरु गौतम सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाउदै

उषा रणपहेली काठमाडौँ : नेपाली सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाउदै गरेकी गायिका हुन सरु गौतम, सानै देखि गायनमा रुची राख्ने चर्चाको शिखर टेक्दै गरेकी गायिका सरु गौतम बिगत लामो समय देखि बिधिबत रुपमानै ब्यबसायिक गायन क्षेत्रमा प्रवेश गरेकी हुन् ।बिगत लामो समय को अबधिमा संगीत क्षेत्रमा उनले पछाडी फर्केर हेर्नु परेको छैन लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी छिन । आफ्नो सुमधुर आवाज, मेहनत र परिश्रमले गर्दानै उनले यो सफलता हासिल गर्दै गएकी हुन l राजधानीको नजिकै रहेको काभ्रे जन्मथलो भएकी गायिका सरु गौतम काठमाडौँलाइ कर्मथलो बनाएर सांगीतिक क्षेत्रमा उदाएको नाम हो l

विभिन्न चर्चित गीतहरु गाउँदै चर्चाको शिखरमा चढ्दै गरेकी गायिका ‘सरु’ नेपाली सुगम संगीतमा चल्तीको नाम हो । सुमधुर स्वरकी धनी सरु पछिल्लो समय पप गित, आधुनिक गित, तिज तथा लोकगित र चलचित्रको पार्श्व गायन तथा अन्य उनका चर्चित गितहरुका कारण बढी चर्चामा छिन् ।

करिब ५/६ बर्ष देखि सांगीतिक क्षेत्रमा सक्रिय सरुले लगभग सय भन्दा बेसी गीत गाइसकेकी छन् । छोटो समयमा नै आफुलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्न सफल तथा हिट गितहरु दिएर सम्पुर्ण संगीत प्रेमी नेपालि दाजुभाइ तथा दिदि बहिनिहरु माझ चर्चित बन्न सफल उनि निरन्तर नेपाली सुगम संगीतमा आफुलाई स्थापित बनाउन सफल भएकी छिन भने आफुलाई भर्सलटाइल गायिकाको रुपमा स्थापित गरेर निरन्तर चर्चामा नै छिन l गायिका सरु देश भित्र मात्र नभएर बिदेशमा हुने कार्यक्रममा समेत उनको माग बढ्दै गएको छ भने उनको स्वर तथा गायन शैलीको चौतर्फी प्रसंशा हुने गरेको छ l उनि गायिका मात्र नभएर एक मोडलको रुपमा समेत चिनिन्छिन l

सुमधुर आवाजको साथै सुन्दर मुहार र मिलेको शरीर भएकी सुन्दरी गायिका सरु सुन्दर तन संगै सुन्दर मनकि पनि धनि छिन l सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकि मिठो आवाजको धनि गायिका सरुले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छिन l उनलाई एक बहु आयामिक प्रतिभाशाली, भर्सलटाइल गायिका भन्न सकिन्छ, साच्चै उनीमा हर प्रकारको गित गाउन सक्ने क्षमता पनि छ उनको नेपाली भाषामा, नेपाली आधुनिक गित, गजल, भजन, लोकगित, तथा नेपालि फिल्मी गितहरु सबै क्षेत्रमा उनको मिठो आवाज सुन्न सकिन्छ भने उनि जुन सुकै गीतलाई पनि उल्टो बाट गाउन सक्ने प्रतिभाको धनि छिन । त्यसैले त उनि भन्छिन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ l गायिका सरु भन्छिन नेपालि संगीत भनेको हाम्रो सम्पति हो सस्कृति हो, त्यसैले हामीले यसलाई सम्रक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य हो र नेपाली सांगीतिक क्षेत्र तथा गित संगीतको स्तरलाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउनु पनि हाम्रो दायित्व हो l