भाइरल सुनमान्छेको शरीरमा ४० तोला सुन, सुनकाण्डले गर्दा प्रहरीको फन्दामा (भिडियो साहित्)

काठमाडौको जोरपाटी बस्ने सुवास लामा सुन मान्छेको नामबाट परिचित छन्। उनले लागाएका सुनका मुन्द्राबाट निकै नै चर्चामा रहेका छन् । उनी हेर्दा डरलाग्दा भएपनी मनका सफा छन् । उनी मिलनसार हुनुको साथै सबैलाई सम्मान व्यवहार गर्ने गर्छन।

उनलाई सुनको शोख पहिले देखि नै थियो। उनको शरीर पुरै सुन र चाँदीले भरिएको छ। सुन लगाएकै कारण एकपटक प्रहरीलले पनि भ्यानमा हालेर घर लागि सोधपुछ गरेको र त्यसपछि उनलाई डी.एस.पिले असल मान्छे रहेछन भनेर छाडीदिएको उनले बताए।

सुनको शोख राख्ने सुवास कलाकारितामा पनि उत्तिकै रुची राख्छन। उनलाई दुईवटा फिल्मबाट अफर आएको पनि छ। उनले नयाँ फिल्म घनचक्रमा सौगात र सोनल बस्नेतसँग पनि स्क्रिन शयेर गरोसकेका छन् भने अब उनी बज्र फिल्मको काममा व्यस्त छन्। घनचक्र अब छिटै रिलिज हुने तयारीमा छ। उनलाई टेली सिरीयलबाट पनि अफर आईरहेको छ। उनले यसअघि थुप्रै चलचित्रमा फाइटरको अभिनय गरिसकेका छन्। उनी भन्छन,’१३, १४ जनाको ग्रुपमा फाइटर बनेर कति खेले तर त्यसमा आफुलाई चिन्न पनि राम्रोसँग हेर्नुपर्थ्यो, त्यति बेला तातो घाममा फाईटर बनेर कति फाइट गर्दा कति लडे तर दाम पनि न आउने नाम पनि नआउने भएको कारण अब म एक्स्ट्रा अभिनय गरेर दर्शकमाझ चिनिन चाहान्छु।’

चलचित्रमा खलपात्रको भूमिका निर्वाह गरेका उनी एक समाजसेवी पनि हुन्। उनले जोरपाटी क्षेत्रमा फोहोर ब्यबस्थापनको काममा तल्लिन् छन् । उनी धर्मकर्ममा पनि आस्था राख्छन। आफु लामाको छोरा भए पनि शिवजीको भक्त भएको उनले बताए। उनले घाँटीमा शिवको लकेट भएको चाँदीको चेन लगाएका छन्। ३०, ३५ तोला सुन लगाएका सुवास अझै सुन थप्ने विचारमा छन्। उनी अरुभन्दा फरक लुकबाट आफ्नो पहिचान बनाउन चाहन्छन। उनको आफ्नो पहिरन, गहना देखि उनले चढ्ने बाईक र कार समेत युनिक खालको हुने भएकाले उनी बाहिर हिड्दा अरु आकर्षित हुने गरेको उनी बताउँछन्।

बाँकी हेर्नुहोस भिडियो :