मेरी मामुको पोष्टरमा किन सन्तोष सेनको छोरा मात्रै राखियो,किन लुकाईयो मुख्य कलाकारनै !

७० प्रतिशत छायांकन चल्दै गर्दा फिल्म ‘मेरी मामु’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । भदौ १५ लाई प्रदर्शन मिति तय गरेको निर्माण टिमले प्रचार थालनी गर्दै सुटिङ सेटमै रहँदा पोस्टर रिलिज गर्यो ।
आसुसेन फिल्मसको चौथो प्रस्तुतीमा बनेको ‘मेरी मामु’ मा निर्माता सन्तोष सेनका छ वर्षिय छोरा आयुव सेन मुख्य भुमिकामा छन् । पोस्टरमा आयुवलाई नै फोकस गरिएको छ । नामले ‘मेरी मामु’ बोलेपनि फर्स्टलुक पोस्टरमा भने छोरालाई मात्रै फिचर गरिएको छ ।
आमा र छोराको सम्बन्ध बोकेको ‘मेरी मामु’मा आयुवका अलवा ‘प्रेम गीत २’ अभिनेत्री अश्लेशा ठकुरी, अभिनेता सारुक ताम्राकार लिड रोलमा छन् भने कुसुम गुरुङ् र दुर्गा मल्लले यो फिल्मबाट डेब्यू गर्दैछन् ।
यम थापाको लेखन तथा निर्देशन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरिरहेका छन् । छायांकनसँगै सम्पादन, स्वाराकंन र पाश्र्व संगीत लगायतको काम एकसाथ अघि बढिरहेको निर्माता सेनले बताए ।