बैश पनि कस्तो हो, ११ वर्ष को कलिलो उमेरमा २० बर्षिय युवासंग बिहे (भिडियो सहित)

प्रेम सुनार

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका भित्रको एक दलित बस्तीमा जनप्रतिनिधीहरुले ल्याएको परिवर्तनका रिर्पोटिङ्ग गर्न पुग्दै गर्दा एक जना वृद्धलाई त्यो परिवर्तनको मतलव नै थिएन । उनले ११ वर्षकी छोरी २० वर्षको केटा संग विहे गरेर गएको चिन्ता मात्रै गरिरहेका थिए ।

त्यस नगरपालिका वडा नम्वर ९ अर्लाङ्गकोट स्थित उर्लेनी दलित वस्तीको कुरा हो यो । विकास निर्माण तर्फको रिर्पोटिङ्ग गर्न त्यस वस्तीमा पुगेको यस रिर्पोटरलाई ति वृद्धको त्यही कचकचले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तै लागि रहेको थियो ।

सोध्धै छु एउटा कुरा , उनि अर्को कुरा दोहराउँदै भन्छन –‘ ए हजुर पहिला मेरो कुरा त सक्न दिनुस् , मेरो छोरी त होईन बितेको मेरो भाई कि छोरी हो , मैले पालेको थिएँ तर २० वर्षको केटा संग ११ वर्षकी त्यो छोरी अँस्ती विहे गरेर हिडी हजुर के गरम ?’

त्यसरी नाबालिका छोरीले विहे गरेर हिडेको चिन्ता गर्दै थिए ५५ वर्षिय तिर्थ बिकले । उनको नागरिकताको नाम उनको कुनै एक सत्रु –वैरी लाग्ने कालिन्दारले गालीगलौज गरेर राखी दिएको रहेछ । जुन सञ्चार माध्यममा उल्लेख गर्दां उनको ठुलो अपमान हुन्छ ।

त्यसरी असार १७ गते छिमेकी जिल्ला बाग्लुङ्गको गल्कोट नगरपालिका वडा नम्वर ८ थालेपोखराका १८ वर्ष उमेर बताईने दलबहादुर बिक संग बिहे गरेर जाने बालिका थिईन अनुजा बिक ( नाम परिवर्तन )

आश्चर्य लाग्यो । साँच्ची होला र ? भनेर त्यस दलित बस्तीका अगुवा नन्द बिकलाई सोधियो । उनले भने–‘हो त नि, ललाई फर्काई ११ वर्ष पुगेर भर्खर १२ मा टेकेकी ति बालिकालाई विहे गरेर लगेको पुष्टि भई सकेको छ । ’

पत्रकार आउने भने पछि स्थानियवासी धेरै जना जुटेका थिए । अरुको चिन्ता पनि उनै बालिका बिहे गरेर गएको प्रति थियो । धेरै महिलाले भन्दै थिए त्यति सानी बालिका कसरी विहे गरेर जान सके होलिन भनेर ।

गत वर्ष मात्रै त्यस गाउँकी १४ वर्षकी अर्की बालिका विहे गरेर जाँदा चकित परेका त्यस टोलका मानिसहरु ११ वर्षकी बालिका आफै विहे गरेर जाँदा थप चकित परेको देखिए । ति १४ वर्षको उमेरमा विहे गर्ने उनि त्यसको सात दिन नपुग्दै सम्वन्ध विच्छेद गरेर माईतीमा अलपत्र परेकी छन अहिले ।

उनले गला अवरुद्ध पार्दै भनिन–‘ सबैले फकाए केरे, राम्रै होला भनेर गएँ, त्यहाँ पुग्दा मन नपरे पछि फर्केर आईकी हुँ । ’ उनलाई शान्तिपुरस्थित विवाह गरी लैजाने संग कोठामा जान भनेको तर आफुले नमानेर झुण्डिएर मर्छु भने पछि माईती फर्किने वातवरण बनेको बताईन ।

वडा सदस्य फुलमति बिक भन्दै थिईन उनि आफु खुशी विहे गरेर गईन र आफु खुशी नै एक हप्तामा सम्वन्ध विच्छेद गरिन । त्यस दलित वस्ती सुधार कार्यक्रमका अध्यक्ष समेत रहेका नन्द बिक भने त्यो स्वीकार गर्दैनन ।

उनि भन्छन्–‘ यी दुवै बालिकाहरु भित्रि मनले चाहेर गएका होईनन । कसैले ललाई फकाई गरेर पठाएका हुन । यसको अन्त्य हुनै पर्छ । यहाँका अभिभावकहरुले २० वर्ष ननाघे सम्म छोरीको विहे गराउने गरेका छैनन । लौन यो कुरा सञ्चार माध्यममा राखी दिनु पर्यो । ता कि ललाई फकाई बालविवाह गराउनेहरु चम्कीन्थे कि ( डराउँथे कि ) ?’

टेलिफोनमा ति बालिकासंग सम्पर्क राख्दा उनले १६ वर्षे बैंसको ध्वाँसा दिईन । उनले भनिन कसले भन्यो ११ वर्ष ? म त १६ वर्षकी भएँ । मैले पहिल्लै देखि केटालाई माग्न पठाउन खोजेकी थिएँ । तर घरमा कसैले दिन मानेन , त्यसैले म आफै राजीखुशी हिडेकी हुँ । हाम्रो पहिल्लै देखि सम्वन्ध थियो । उहाँ अहिले ढुङ्गा बोक्न जानु भएको छ । दुख पाए मात्र म तपाईहरुलाई खोज्न आउने छु । हामीलाई छुटाउने कोशिस कसैले नगरुँन ।’

त्यस वडा नम्वर ९ मा उनको जन्म दर्ता हेर्दा पनि उनको उमेर ११ वर्ष १० महिना भएको रहेछ । २०६३ साल भदौं २५ गते जन्मिएको उक्त जन्मदर्तामा उल्लेख छ ।

उनका बावु आमाको उनि सानै छँदा मृत्यु भएपछि उनि जेठा बुवाको संरक्षणमा हुर्किदै आएकी थिईन । उनको शारिरक बिकास पनि गत वर्ष विहे गर्ने ति १४ वर्षकी बालिकाको भन्दा धेरै कम र अवोध देखिन्छ ।

उनले धेरै पहिला देखि ति युवा संग सम्वन्ध थियो अर्थात प्रेम सम्वन्ध थियो भन्दा उनको उमेर त्यस्तो सम्वन्धको १० वर्षको उमेर देखि भएको देखिन्छ । पुरानो पिढीका छोरीहरुलाई अभिभावकले जवरजस्ती ९ , १० वर्षको उमेरमा विवाह गराई दिने र बाउ आमाको नाक राख्न कै लागी कष्टकर रुपमा कहरले घर गर्ने गर्दथे ।

तर अहिले त्यही उमेरका छोरीहरु रहरले आफै विहे गर्न थाल्नुलाई युगले दिएको शारिरीक विकास र विपरित लिङ्ग प्रतिको उत्कट आकर्षण भनेर ब्याङ्ग गर्न थालिएको छ । केहि दिन अघि गुल्मी कै एक प्रहरी चौकीमा केटीले केटो भगाई भन्ने उजुरी परेको थियो ।

यसबाट अब केटाले केटी होईन, केटीले केटो भगाउने चलन आउन थालेको संकेत मिलेको छ । ति बालिकाले पनि असार १५ गते केटा झिकाएर भागेकी थिईन । उनका ससुराले उनि असार १७ गते बुहारी बनेर घर भित्रिएको बताएका छन् ।