प्रकाश सपुतको बोल माया पछी फेरी अर्को तिजको ‘बोल माया’ गित सार्बजनिक (भिडियो सहित)

तीज आउन अब धेरै दिन बाँकी छैन तर, गीत निकाल्ने गायक गायिकाहरू भने अहिलेदेखि नै कसरत गर्दै छन् । कसरी आफ्नो गीत लाई राम्रो बनाउने भनेर। प्रकाश सपुतको युट्युबमा राखेको दुई सातामै ‘बोल माया एक वचन बोल’ बोलको लोकगीत करिब ४० लाखले हेरेका थिए ।अझ भन्नु पर्दा पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा धेरैको ध्यान आकर्षित गर्न सफल गायक एबम मोडेल हुन् प्रकाश सपुत ।गायिका बिष्णु श्रीपाली आँफैमा सुन्दरी र राम्री गायीकामा पर्छीन। मान्छे जस्तै उनको आवाज पनि सुमधुर छ ।

सम्पूर्ण नेपालीको मन मनमा भाइरल हुन सफल गीत बोल माया र अहिले हिन्दु नारीहरुको महान पर्ब हरितालीका तीजको माहोल पारेर प्रकाश सपुत र बिष्णु श्रीपालीको तीज गीत बोल माया बोल सार्बजनिक भएको छ । बिष्णु श्रीपालीको प्रस्तुति रहेको उत्कृस्ट प्रस्तुति रहेको गीतमा अभिनय स्वयं प्रकाश सपुत र प्रतिमा रायमाझीको रहेको छ । नेत्र अर्यालको सब्द र नारायण बीपीको लय सृजनामा तयार पारिएको निकै उत्कृस्ट गीतको भिडियो लाइ निर्देशन मौसम हिमाली, छायांकन करन चैसिर र सम्पादन मनोज कार्कीको रहेको छ ।यो गीतको दृश्य निर्माण र बजार ब्यबस्थापन हिम सम्झौता डिजिटलले गरेको हो ।