स्कटल्याण्ड, ईडन्वरामा नेपाली कक्षा तथा नृत्य कम्युनिटीको आयोजित समर पिकनिकमा मिकी, मिनी माउस।।।

बिजय डंगोल – एडन्वरा, स्कटल्याण्ड

 

नेपाली कक्षा तथा नृत्य कम्युनिटी स्कटल्याण्ड, ईडन्वराले मनाउदै आएको नेपाली समर पिकनिक २०१८, यहि २, जुनका दिन भव्य रुपमा मनाएको छ। स्कटल्याण्डस्थित एल्लोक्रेगको अतिसुन्दर समुन्द्रिकिनारमा आयोजित कार्यक्रममा सम्पुर्ण स्थानीय कम्युनिटी स्कुलका पदाधिकारी, शिक्षक, अभिभावक, बिध्यार्थिहरू तथा नेपाल स्कटल्याण्ड एसोसिएसनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कर्यक्रमको सम्योजक सस्थाका सस्थापक गोविन्द राम कन्देल तथा सम्पूर्ण स्थानीय समुदायकाले गर्नुभएको थियो भने संस्थाका सम्पूर्ण पदाधिकारीहरूको उल्लेखनीय योगदान रहेको थियो।
उक्त कार्यक्रममा नेपाल स्कटल्याण्ड एसोसिएसनका सम्पूर्ण पदाधिकारीहरूको पनि उपस्थिति रहि हौसला बढाएको थिए।

उक्त कार्यक्रममा मिकि र मिनि माउस को आगमनले सम्पूर्ण बालबालिका लगायत उपस्थित अभिभावकहरूको हर्ष उल्लासका सिमानै थिएन। सबै जना मिकि र मिनि माउसको खेलसंग रमाउंदै खेलेका थिए। पिकनिकमा बालबालिकाहरूको बिभिन्न किसिमका खेल तथा नृत्य प्रस्तुतिले कार्यक्रमको रौनकता र रोमान्चक अझ बढी बनाएको थियो। यस पिकनिकमा आयोजना गरिएको बिभिन्न खालका खेलहरू सुन्दर समुन्द्रको किनारमा खेलेर सबै बालबालिकाहरू धेरै रमाएका थिए र यस खेल तथा नृत्यका सबै संयोजक आकृति खरालले गरेका थिए।

यस समर पिकनिक कार्यक्रम गर्नुको मुख्य उद्देश्य स्थानीय समुदायका सम्पूर्ण अभिभावक, बालबालिकासँगको सामिप्यता एवं आपसमा सकारात्मक सुमधुर सम्बन्ध अगाडि बढाउन रहेको र अ-आफ्नो नानी हरू लाई आफ्नो समाज, भाषा र संस्कृतिको नजिक रख्नेकुरा यस सस्थाका अध्यक्ष टिकाराम खराल साथै संस्थाका पदाधिकारी टोली यदुमणि सापकोटा, बाबु सापकोटा, बिदुर प्रसाद शर्मा बताउँछन् |

अन्तमा नेपाल स्कटल्याण्ड एसोसिएसनका बर्तमान अध्यक्ष निशान रिजालद्वारा बालबालिकाहरूका खेल, अनुशासनको आधारमा पुरस्कृत गरेका थिए भने नेपाल स्कटल्याण्ड एसोसिएसनका महासचिव बिजय डंगोलले सस्थाको प्रसँसा, प्रगतिका साथै सुमधुर सम्बन्ध अगाडि बढाउन आवश्यक रहेको बताए।

आयोजनामा आउनुभएको सम्पूण अभिभावक तथा बालबालिकाहरू द्वारा समर पिकनिक अत्यन्त रमाइलो, भव्य तथा सभ्य रुपमा सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन्। प्रवासमा नेपाली कक्षा तथा नृत्य कम्युनिटीले यति धेरै राम्रो नानीहरू समर पिकनिक गरिनुले आफूहरुलाई अत्यन्त खुशी लागेको जानकारी पनि दिएका छन् भने नेपाल खाना उपलब्ध गराउने करि क्याफे रेस्टुरेन्टलाई धन्यवाद दिएका थिए।