‘रातो सारी रातै छ चुरा’ बोलको तीज गीत सार्वजनिक, अर्जुन पन्त र कल्पना गुरुङ सुमधुर आवाज (भिडियो सहित)

महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज बिशेष गीतहरु धमाधम सार्वजनिक हुने क्रम बढेसंगै गायक तथा सर्जक अर्जुन पन्तले रातो सारी रातै छ चुरा बोलको गीत सार्वजनिक गरेका छन् ।

अर्जुन पन्त र कल्पना गुरुङको आवाजमा रहेको तीज गीत रातो सारी रातै छ चुरामा गायक अर्जुन पन्तको आफ्नै लय शब्द रहेको गीतको म्युजिक एरेन्ज भने याम थापाले गरेका छन् ।

न्यु अन्जना डिजिटल मिडिया मार्फत तयार गरीएको गीतलाई म्युजिक नेपाल मार्फत सार्वजनिक गरीएको छ ।

समिर र सरिनाले मोडलिङ गरेको म्युजिक भिडियोलाई निर्देशन भने निशान एस के ले गरेका हुन् ।

यस्तो छ म्युजिक भिडियो