अशोकको नाममा जग्गा पास , बुबा आमाले अब रक्सि खान छोड्ने (भिडियो सहित)

युटुबमा गीत गाएर भाइरल भएका झापा दमकका १२ वर्षिय बाल गायक अशोक दर्जी मलेसिया र दुबईमा भएको सांगितिक कार्यक्रम सकेर अहिले नेपाल फर्किएका छन् । अशोक आफ्नो पहिलो गीत मन बिनाको धन ठुलोको अपार सफलतापछि अब दोश्रो गीतको तयारीमा जुटेका छन् ।अशोकले मलेसिया र दुबईका बिभिन्न ठाउँमा सांगितीक प्रस्तुती दिएर फर्किएर पढाईमा ध्यान दिइरहेका छन् । अशोकले गायक तथा संगितकार टंक बुढाथोकीसँग दोश्रो गीत चौरीको चाम्रो छुर्पीको तयारी सुरु गरेका छन् । अशोकको नाममा जग्गा पास भए संगै आमा बुबाले अब रक्सि नखाने बाचा सम्म टंक बुढाथोकी संग गरेका छन् ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=aXuuVPJy35E]