मन बिनाको धन ठूलोपछि यस्तो बन्दैछ अशोक दर्जीको दोश्रो गीत (भिडियो सहित)

युटुबमा गीत गाएर भाइरल भएका झापा दमकका १२ वर्षिय बाल गायक अशोक दर्जी मलेसिया र दुबईमा भएको सांगितिक कार्यक्रम सकेर अहिले नेपाल फर्किएका छन् । अशोक आफ्नो पहिलो गीत मन बिनाको धन ठुलोको अपार सफलतापछि अब दोश्रो गीतको तयारीमा जुटेका छन् ।अशोकले मलेसिया र दुबईका बिभिन्न ठाउँमा सांगितीक प्रस्तुती दिएर फर्किएर पढाईमा ध्यान दिइरहेका छन् । अशोकले गायक तथा संगितकार टंक बुढाथोकीसँग दोश्रो गीत चौरीको चाम्रो छुर्पीको तयारी सुरु गरेका छन् ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=WoczkEG7WbU]