सगरमाथाकी छोरीको पत्र ज्वालामुखी जस्तै तातो ज्वालालाइ !! (भिडियो सहित)

काठमाडौं । सामाजिक संजालहरुमा सगरमाथाकी छोरी नामबाट चर्चित बनेकी सावित्री सुवेदीले नयाँ स्टाटस पोष्ट गरेकी छन् ।

प्रिय ज्वाला संग्रौला,
तिमीले बाटो परिवर्तन गर्दै समाज परिवर्तनकै बाटोमा लाग्नु किनकी डाक्टरले त केही बिरामीलाई उपचार गर्दछ तर एउटा सफल र नैतीक राजनीतिज्ञले देशको नै उपचार गर्दछ। आज देशमा हुर्किएको अराजकता,विधि र प्रकृयामाथि ठुलो हस्तक्षेपलाई निर्मुल पार्न युवाको सत्तामाथि पहुँच अावश्यक छ। तिमी गरीबहरुको पक्षमा राजनीतिको मिसायल बनेर अगाडि बढ्नु किनकी राजनीतिमा कहिल्यै पनि गरीबहरुले अवसर पाएनन । ज्वाला तिम्रो शिक्षा गरीबको निम्ति अमृत समान होस मेरो चाहना केबल यही छ।

राजनीतिमा प्राण त्याग गर्ने भनेको गरीब र निमुखा जनताले नै हो आजसम्म यही चलन छ,यो अन्याय पूर्ण छ । लगानी गर्ने एउटा र अवसर प्राप्त गर्ने एउटा । गरीबहरुले लगानी गर्ने अनि अवसरमा लाभको पदमा पुग्ने अवसरवादीहरु नै हुन ।

ज्वाला आफ्नो स्वार्थ परिपूर्तिका लागि कसैको रगतमाथि होली नखेल्नु किनकी त्यो रगतले पोल्छ अनि तिमी देखेको सपना र उनीहरुले देखाएको सपनामा खासै के फरक पर्ला र ?
त्यसैले तिमीले गरीबको निम्ति राजनीति गर्नु जहाँ गरीबले मन फुकाएर बाँच्न सकोस ।

तिम्रा बिचारलाई तहस नहस पार्न पैसाका बिट्टाले हानिन सक्छ त्यतिबेला तिमीले तिम्रो दृष्टि नगुमाउनु । जिन्दगीमा कहिलेकाहीँ यतीसम्मको बोल्ड निर्णय लिनु कि जहाँ तिमीले आँफै हार्दा लाखौं ति तिमीले प्रतिनिधित्व गरेका जनताले जितेको अवस्था सृजना होस् ।

एउटा सिटामोल नपाएर प्राण त्याग गर्नु पर्ने ठाउँमा तिमीले गरेको राजनीति गरीब निमुखाहरुको निम्ति बरदान साबित हुनेछ ।
गरीब भएर एकछाक खानका निम्ति संघर्ष गर्दागर्दै प्राण त्याग गर्ने या गरीबहरुको मसिहा बनेर औचित्यपूर्ण ढंगबाट समाज रुपान्त्रणका निम्ति लाखौंको नेतृत्व गर्दै सम्मानपूर्ण मर्ने यो तिम्रै निर्णयमा भर पर्ने छ।
#जयनारी

को हुन् ज्वाला संग्रौला यो भिडियो सुन्नुहोस