बोल माया पछी पहिलो पटक गायिका सान्तीश्री परियारले चर्चित प्रबासी गायक सुर्य खड्का संग गाईन यस्तो गीत(भिडियो सहित)

नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको अवसरलाई मध्यनजर गर्दै लोकप्रिय गायक सुर्य खड्का र शान्ती श्री परियारको आवाजमा निकै सन्देश मुलक गित सुन्तला र बदाम बोलको गित भर्खर मात्र सार्वजनिक भएको छ ।

यो बर्ष सबै भन्दा धेरै गित सिर्जना गरेका बागलुङका लोकप्रिय सर्जक शिव अखेलीको शव्द सिर्जना रहेको सो गितमा गायक सुर्य खड्काले लय सिर्जना गरेका छन । गितले आफै परिश्रम गरि आफ्नै खुट्टामा उभिनु पर्छ भन्ने सन्देश दिन खोजेको छ ।

गितमा लोकप्रिय गायीका शान्ती श्री परियार र सुर्य खड्काको आवाज सुन्न सकिन्छ । भने गितमा सरापे र विम्लीको दम्दार अभिनय रहेको छ । गित सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायक सुर्य खड्काले गित सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

गितलाई गुराँस मुभिज प्रा.लिले बजार व्यवस्थापन गरेको छ भने गितको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन ।

हेर्नुहोस गितको पुरै म्युजिक भिडियो यस्तो छ –