मेरो श्रीमानले मर्न बाध्य बनाए पछी मैले रोएर एक बर्ष बिताए ! तर अब कत्ति पनि रुदिना (ह्रदयविदारक भिडियो सहित)

स्कटनेपाल युके,

लोक तथा दोहोरी गित संगीतमा निरन्तर लाग्नु भएका सुमुधुर स्वरका धनि कलाको खानी बहु प्रतिभाशाली स्कटनेपाल रोधीघर प्रस्तोता ”नीलमणी भण्डारी” साथै सहकर्मी प्रमिला राइको सहकार्यमा तैयार पारिएको यो बिशेस प्रस्तुति ‘स्कटनेपाल रोधीघर’ स्कटनेपाल डट कम मार्फत निरन्तर दर्शक स्रोता हरुको माझ पुराउने कोशिस स्कटनेपालले गरेको छ ।

यो एक मार्मिक शब्द हरुले ह्रदयविदारक बिशेष प्रस्तुतिमा गायिका शुभद्रा पौडेलको साथमा छत्र तामाङ, हरी रेउले, सहकर्मी प्रमिला राई र नीलमणि भण्डारी जोडिनु भएको जानकारी गराउन चाहन्छौ । शारीरिक रुपमा अशक्त तर कला र गलाकी धनी बहूप्रतिभाशाली अनि रुपकी पनि धनी गायिका शुभद्रा पौडेल आजको रोधीघर बसाइमा मेहमान बनेर आएको जानकारी पनि हामि गराउन चाहन्छौ।
हाम्रो सुभकामन सहित गायिका शुभद्रा पौडेलको कलाको कदर अवश्य पनि गर्नेछ यो पुस्ताले र अजर बन्नेछ त्यो आवाज भन्दै शुभद्राको दमदार प्रस्तुती सहित यो भिडियो हेर्नुहोस।

प्रवास बाट स्कटनेपाल रोधीघरको लागी कोसेली प्राप्त गरि सके पछी गायक नीलमणी भण्डारी आफ्नै शब्दमा यसो भन्नु हुन्छ !
हृदय देखि नै आभारी छौँ हाम्रा सहयोगी मन् हरु प्रति! स्कटनेपाल रोधि घर र हामीलाई मायाँ गरेर जुन् यो किवोर्ड हामीलाई उपहार पठाईदिनु भएको छ! सम्बोधन् र आभार प्रकट गर्ने त म सँग कुनै शब्दहरु नै छैनन्! जति शब्दहरुले आभार प्रकट गरुँ शब्दहरु पनि कमि नै हुन्छ भन्ने महशुस गरेको छु!”पाल्पा अर्गली छतिवन घर भई हाल दुबईमा कार्यरत “मञ्जु कंडेल (भट्टराई) गुल्मी दिगाम घर भई हाल दुबईमा कार्यरत “कल्पना कंडेल(पाण्डे) गुल्मी बलेटक्सार घर भई हाल दुबईमा कार्यरत “अनिता थापा,र पर्बत जिल्ला फलेवास नगरपालिका २ घर भई हाल दुबईमा कार्यरत “सन्तोष पौडेल, हजुरहरु चारै जनालाई मेरो हृदय भित्र राखेको छु र राखिरहने छु सदैव! खाडी देशको त्यो मरुभूमिमा बसेर पैँतालीस् पचास डिग्रीको तापक्रम सँग सिँघौरी खेलेर आफ्नो रगत र पसिना बेचेर अति नै दुःखका साथ आर्जन गर्नुभएको त्यो कठोर र संघर्ष पूर्ण मेहनतको एक एक हिस्सा यो किवोर्डमा लगानी गरेर उपहार स्वरुप् हामीलाई पठाउनु भयो! यो किवोर्डले अबका दिनमा धेरै नव प्रतिभा हरुलाई नेपाली लोक् संगितको आकाशमा चम्किलो ताराको रुपमा जन्माउने छ! हजुरहरुको जय होस् भगवानको कृपा सदैव रहीरहोस सहयोगी मन् मुटुहरुमा । स्कटनेपाल रोधिघर फ्याम्ली ।
(भिडियो पनि हेर्नुहोस)