झन्डै अस्ट्रेलियाका सात लाख विद्यार्थीहरुको नेतृत्वतकालागि पुन: सापकोटा निर्वाचित , ताम्राकार-सापकोटा सम्बन्धको राज यसरी बाहिरियो !

अस्ट्रेलियाका झन्डै सात लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरुको प्रतिनिधित्व गर्ने काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट्स अस्ट्रेलियाको राष्ट्रिय सम्मेलनले विजय सापकोटालाई अर्को एक वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ । उत्तरपूर्वी सुन्दर सहर क्रेन्समा आयोजित सम्मेलनले विजयलाई नै नेतृत्वमा चुनेको हो ।

उनी अस्ट्रेलियाका विश्वविद्यालयमा नेतृत्वतहमा स्थापित एक मात्र नेपाली विद्यार्थी हुन् । मंगलबार राति संस्थाको अध्यक्षमा सापकोटा पुनः निर्वाचित भएपछि बुधबार बिहानैदेखि उनलाई यहाँका सरकारी अधिकारीहरुले बधाई ज्ञापन गर्न थालेका छन् ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका युवा संयोजक धर्मराज अधिकारीले पनि बुधबार बिहान टेलिफोन गरेर सापकोटालाई बधाई दिए । उनले भने, ‘शिशाको अध्यक्षमा निर्विरोध निर्वाचित भएर अस्ट्रेलियाका अन्तर्राष्ट्रिय विद्यार्थीको अधिकारका पक्षमा नेतृत्वदायी काम गर्ने अर्को अवसर पाएकोमा विजय सापकोटालाइ बधाई छ । यो यहाँका सबै नेपाली युवाको समेत गौरवको विषय हो । कार्यकाल सफलताको शुभकामना ।’

हरेक वर्ष नयाँ नेतृत्वसमेत चयन हुने भएकाले पनि सम्मेलन फरक भएको नवनिर्वाचित अध्यक्ष विजय सापकोटाले बताए ।

अस्ट्रेलियाका बिभिन्न राज्यका शिक्षालयमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीका झन्डै डेढ सय नेता, दर्जनौं विद्वान, व्यवसायी र सरकारी अधिकारीहरु सम्मेलनमा सहभागी थिए ।

सम्मेलनको मुख्य नारा ‘ओभर कमिङ्ग ब्यारियर्स’ अर्थात ‘तगाराहरु पन्छ्याउँदा’ थियो । सम्मेलनका बिभिन्न सत्रहरूमा शिक्षा क्षेत्रका अवरोध र त्यसलाई हटाउने उपायबारे बहस भएको थियो । नेपाली आप्रवासन तथा शिक्षा सम्बन्धी परामर्शदाता शम्भु कँडेलले पनि उक्त सम्मेलनको सेशन प्रायोजकका रुपमा भाग लिए र आफ्ना बिचारहरु पनि राखेका थिए ।


यस्तो छ विजय सापकोटा र एच.बी ताम्राकारको सम्बन्ध :

नेपालबाट जापान आएर आफ्नो प्रतिभा र क्षमता अनुशार पत्रकारिता, समाज सेवा र आफ्नो पेशामा जमेका युबा एच बि ताम्राकार अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकार टिमको सदस्य बिजय सापकोटाका प्रेस सल्लाहकारमा ताम्राकार एक वर्ष अगाडी नियुक्त भएका हुनु भएको थियो ।

पुन: सिसाको अध्यक्षमा विजय निर्वाचित भएको खबर प्राप्त गरेसंगै ताम्राकारले विजयलाइ वधाई दिदै कार्यकाल सफल पार्न विशेष भुमिका खेल्नेपनि जनाएका हुन ।
सापकोटा(अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकार टिमको सदस्य तथा अष्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थी संगठनका अध्यक्ष )समेत हुनु हुन्छ। पुर्बी एसिया बिसेष गरि जापानका मेरा गतिबिधि हरु बारे उपयुक्त सल्लाह र सहयोगको लागि ताम्राकारलाई सल्लाहकारमा राखेको सापकोटाले तत्कालीन विज्ञप्ति मार्फत सार्वजनिकपनि गरेका थिए ।

“नेपालबाट बाहिर भएपछी आफु क्रियाशील देशमा आफुलाई स्थापित गर्नु र आफ्नो अनुभव लाइ अन्तरास्टियकरण गर्नु हामि सबै को कर्तब्य हो, साथै अन्तरदेशीय संजाल मार्फत नेपालीहरु जोडिनु र नेपाल को हितमा काम गर्नु सबैको जिम्मेवारी पनि हो,सोहि जिम्मेवारी अन्तरगत मैले ताम्राकार ज्यु लाइ नियुक्त गरेको हु”सापकोटाले भन्नू भयो।

विजय सापकोटाले मिलेर अगाडी बढ्न युवाहरुसंग विशेष पहल गर्ने कुरा ताम्राकासंगको पटक पटकका विशेष कुराकानिका क्रममा भएको यि दुई व्यक्ति सम्बन्धले स्पष्ट पार्दछ ।

को हुन् ताम्राकार यो भिडियो बहस पनि हेर्नुहोस