अशोक दर्जि बने फेवा तालको डुङ्गा चालक, टंकले भने अब अर्को अशोक जन्माउँछु (भिडियो)

अशोक दर्जि पहिलो पटक पोखरा आए । पोखराको मालेपाटनमा भईरहेको मालेपाटन सांस्कृतीक कार्याक्रममा सहभागी हुन टंक बुढाथोकी,उनका छोरा एआर बुढाथोकी र अशोक दर्र्जि पोखरा आएका हुन् । पोखरा आएपछि फेवाताल नघुमी जान जो कोही मान्दैनन् । त्यही अनुसार उनीहरु फेवाताल घुम्न गए । अशोक पहिलो पटक भएकाले होला फेवा ताल देख्ने बित्तिकै दंग परे । यसमा पौडि खेल्न पाईन्छ ? पौडी खेलम न् भन्दै टंकलाई सोध्दै थिए ।
डुङ्गाबाट ताल बिचमा रहेको बाराही मन्दिर जादा डुङ्गा अशोक दर्जीले रमाईलो मानी–मानी चलाए । अरुले हुदैन, नचलाउन आग्रह गर्दा पनि अशोलले कस्तो मज्जा एको छ भन्दै डुड्गा चलाई रहे ।
मलसिया र दुबईको भ्रमण अत्यन्त सफल भएको भन्दै टंक बुढाथोकीले अशोकको घर निर्माण हुनेमा ढुक्क देखिए । अशोकलाई लिएर टंकले पैसा कमायो भन्नेहरु छन् नि भन्ने प्रश्नमा टंकले भने–म मेरो छोरो दिन्छु, लगेर कमाएर खानुस’ । पुरा भिडियो हेर्नुहोस् ।