कति रमाइलो छ हाम्रो नेपाल : धनकुटाको चौविसे जहाँ यस्ता दृश्य देख्न पाईन्छ (भिडियो)

स्कटनेपाल युके,

धनकुटाको चौविसे गाउपालिकामा रहेको राजारानी बजार आन्तरीक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । यस क्षेत्रमा पर्यटन पूर्वधारको विकास भएसगै पर्यटकिय गन्तब्य बन्दै गएको हो । धनकुाटाको चौविसे गाउपालिकामा रहेको राजारानीमा एक दशक अघि सम्म ताल मात्र हेर्न पाइन्थ्यो । तर अहिले यसक्षेत्रमा रहेको सिमसार क्षेत्रको संरक्षण सगै निमार्ण भएको रानि ताल, नागवेली पार्क, कालि झरना, गुप्तेश्वर गुफा हेर्न पर्यटकहरु भित्रिने गछर्न ।

नागवेली पार्कभित्र ढुंगामा कुँदेर करिव ३५ फिट लम्वाइको जोडी नागको मुर्ति बनाइएको छ । मुर्तिकार श्याम गौतमले करिव एक वर्ष समय लगाएर पार्कभित्रको ढुगां खोपेर जोडी नागको आकृति बनाएका हुन् । ढुंगामै जोडी नागको लोभलाग्दो आकृति बनाएपछि यो क्षेत्र पर्यटकरुको रोजाईमा पर्न थालेको हो ।नागवेली पार्क करिव १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्कभित्र सुन्दर फुलवगैचा पनि छन् ।

पार्कका कुना काप्चा तथा भिरालो ठाउँमा चर्चित व्यक्तित्व तथा देवीदेवताको मुर्ति सजावट छन् । यस क्षेत्रमा पाईने स्थानिय ढुङ्गाहरुलाइ कुदेर बिभिन्न आकृति निर्माण गरेको मुर्तिकार श्याम गौतम बताउहुन्छ । यो पार्क सहित झरना, गुप्तेश्वर गुफा, अजङ्गको काब्रोको रुख, ततिला झर्ना, घ्याम्पे दहले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । यस क्षेत्रमा घुम्न आउने पर्यटक निक्कै उत्साहित देखिन्छन् ।

यस क्षेत्रको आकर्षक रानि ताल, नागवेली पार्क, झरना लगायत स्थानको पुर्बाधार निर्माणको लागि गाउपालिकाले लाखौ रुपैया खर्च गरेको छ । यस क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न गाँउपालिकाले प्रमुख प्राथमिकताका लागि परेको उपप्रमुख यज्ञ कुमारी रुचालले जानकारी दिनुभयो ।

गाउपालिकाले पर्यटन प्रवद्धनका लागि यस क्षेत्रमा ढुंगे दरबार र स्थानिय खदम खोलाको किनारैकिनार मोरङ्ग जोड्ने गरी पुर्बाञ्चलकै लामो पदमार्ग निर्माणमा लागेको छ ।
हेर्नुहोस भिडियो