मिति नै तोकेर पानी जहाजमा सरर चढ्न आउन ओलीले दिए निम्ता, कागजको ढुंगा बनाउनेलाई कडा व्यंग्य (भिडियो सहित)

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस १६ गते पानीजहाज चढेर कलकत्ता जान सकिने बताएका छन् । नेपालको पानीजहाजलाई कलकत्तामा स्वागत गरिने उनले बताए ।

सप्तरीको हनुमाननगरदेखि भारतको कलकत्तासम्म पानीजहाज चलाउने सरकारको तयारी रहेको उनले खुलाए । हिजो विरोध गर्नेको स्वर रेकर्डेड रहेको भन्दै उनले कागजका डुंगा चलाउनेले त्यसपछि के गर्छन् भन्ने प्रश्न गरे ।

जननेता मदन भण्डारीको ६७ अौँ जन्मजयन्तीका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले रेल आउनबाट कसैले रोक्न नसक्ने भन्दै विमानस्थल, बाटाघाटालगायत सबै पूर्वाधार अपडेट गरिने बताए ।

सन् २०१८ मा नभए पनि २०१९ मा होला, पानीजहाज चढ्ने निम्ता छ सरहरुलाई’ प्रधानमन्त्रीले भने ‘त्रिवेणीबाट जान्छ । हेर्दाहेर्दै हनुमाननगरबाट जहाज लाग्छ । पूर्व-पश्चिम रेल चल्छ । पानीजहाज, स्टिमर चढेर कोलकाता जान सकिन्छ । अलिकति पैसा कम भएर मात्रै, नभए कोलकाताबाट हाम्रा पानीजहाज चल्थे ।’

चुल्होमा दाउरा बालेर ढुंग्रीले फूँ फूँ गर्दै भात पकाइरहेका बेला आफूले ग्यास पाइप जोडिदिन्छु भन्दा झण्डै नबहुलाएको प्रधानमन्त्रीले टिप्पणी गरे । ‘यस्ता कुरा मान्छेहरुले कहिले कहिले बुझ्दैनन्’ उनले भने, ‘चुल्हो बालेर आँखा मिच्दै भात पकाएर खाइरहेका बेला पाइप लगेर जोडिदिन्छु भनेको, झण्डै बहुलाएनन् ।’

प्रधानमन्त्री ओलीले अब दुर्गममा रहेका बस्ती उठाएर एकीकृत बस्ती बनाउने बताए । ‘दुर्गममा, असुरक्षित बस्ती, आवास, घर उठाएर एकीकृत बस्ती बनाइन्छ । त्यो कार्यक्रम अब सुरु गरिन्छ’ उनले भने, ‘कसरी आउँछ समाजवाद ? त्यसरी आउँछ समाजवाद । त्यस्ता दुर्गम बस्तीमा स्कुल हुन्छन् ? भीरको बाटोमा शिक्षक हिँड्न सक्दैनन् । त्यस्ता बस्तीलाई सुरक्षित स्थानमा सारिन्छ ।’

<strong>हेर्नुहोस सो कार्यक्रममा प्रधानमन्त्री ओलीले गरेको सम्बोधन </strong>