अशोक दर्जीलाइ पोखरामा फ्लाईङ किस, अशोकलाई थामिनसक्नु हेर्ने हरुको भीड (भिडियो)

पोखरा, सामाजिक संजाल मार्फत पछिल्लो समय निकै भाईरल बनेका बाल गायक अशोक दर्जी कार्यक्रममा भाग लिन पोखरा आए । पोखरामा जारी मालेपाटन मेलामा अशोक दर्जीसंगै टंक बुढाथोकी र बुढाथोकीका छोरा पनि थिए । पहिलो पटक पोखरा आएका दर्जीले खुलेर गीत गाए ।

उनले गाएको मन बिनाको धन ठूलो की भन्ने गीत मात्र नभई केही आधुनिक र चलचित्रका गीत समेत गाएका थिए । मन बिनाको धन गीत दर्जीले एक्लै गाए, पछि टंकसंग मिलेर पनि उनले गाए ।

अशोक दर्जी आउने भनेपछि मेलामा दर्शकको घुँईचो लागेको थियो । गीत गाउँदा गाउँदै अशोकले माईकको कुरा निकालेर हसाएका थिए । यतिमात्र होईन उनी काँधमा बसेर समेत आफ्ना फ्यानहरुलाई माया बाँडिरहेका थिए । बुढाथोकी र दर्जीको यो पोखरामा पहिलो कन्र्सट थियो ।