फ्रान्स र अर्जेन्टिना दोस्रो चरणमा यसरी भिड्नेछन्

मस्को, १३ असार । रसिया विश्वकपमा दुई उपाधि दाबेदार अर्जेन्टिना र फ्रान्स दोस्रो चरण अर्थात अन्तिम १६ मै भिड्ने भएका छन् ।

फ्रान्स समूह ‘सी’को विजेता तथा अर्जेन्टिना समूह ‘डी’को उपविजेता बनेपछि यी दुई ठूला टिम प्रिक्वाटरफाइनलमै भिड्ने भएका हुन् ।

यीमध्ये एक दाबेदार भने दोस्रो चरणबाटै घर फर्कने पक्का भएको छ । समूह ‘डी’को विजेता क्रोएसियाले समूह ‘सी’को उपविजेता डेनमार्कसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.