बुढीआमा अपांग छोरिको हृदयविदारक अबस्था हेर्दा बिदेशी चेली भक्कानिदै रोइन (भिडियो सहित)

स्कटनेपाल युके,
सरु सुनार सामाजिक संजाललाई मुख्य हतियार बनाउदै अर्थको जोहो गर्ने र समाज सेवा गर्दै आएकी सामाजिक कार्यकर्ता अभियन्ता बिशेष त दलित तथा पिछडिएका वर्गको हरुको लागि काम गर्छिन । महिला तथा दलित वर्गका हक र हित सम्बन्धि वकालत गर्छिन । अहिले उनि पोखरा हेम्जाको ९० बर्सिया बृद्ध आमा र अपांग छोरीको लागि घर बनाई दिने अभियानमा एकदम सक्रिय भै अगाडी बढेकी छन् । उनि यो पिडित परिवारको लागि सहयोगी मन हरु जति सकिन्छ सहयोग गरि दिनु हुन् आग्रह पनि गरेकी छन् ।

यसै सहयोगको क्रममा एक ताइवानिज बिदेशी महिला पनि उनि संग यो अभियानमा सहयोग गर्दै जोडिन पुगेकी छन् र उनि भाबुक हुदै केहि रकम सहयोग गरेको हामीले तलको भिडियो मार्फत हेर्न सकिनेछ ।

उनि आफ्नो फेसबुकमा लेख्नु हुन्छ :

मेरो जिन्दगीको सबै भन्दा ठुलो र अमुल्य उपहार
‘जहा एक बृद्ध ९० बर्सिया आमा ४६ बर्सिया अपांग छोरी कास्कीको यम्दी झलुङ्गे पुल तरे पछि सानो खिया लागेको चुहिने टिनको छानो मुनि गरिबी र पिडामा दिन रात गुजारेका आमा छोरी छन्’
सानै देखि अपांग यी छोरी घिर्सेर माथी बजार सम्म पुग्छिन , कसैले दिएको चिया , बिस्कुट दैनिक आहारा जस्तो बनेको रहेछ , छोराहरु भए पनि टाढा गएर बसेका आमाको कुनै वास्ता र भएको जग्गा नि बेचेको आमाको भनाइ छ।
टाढाबाट पानी बोक्नु पर्ने न त न्यानो कपडा न त पानी छेक्ने टिन नै एउटा झुपडी भित्रको यो पीडा सुन्दा जति दुख लाग्छ भोग्नेको लागि कस्तो होला ?
यी अपांग छोरी र आमा म जादा र आफ्नो समुदाय भने पछि अति नै खुसी र आफ्नो पन देखाए सायद एउटै पीडा र सामाजिक संरचनाले पनि हो कि ?
अपांग यी छोरीले पलास्टिकको सानो चकटी बुन्दी रहिछिन , मलाई निकै अनुरोध गरिन लिएर जान , मलाई थाहा छैन किन यति खुसी नजिक भैइन यी अपांग छोरी उनको मिहनत , निस्वार्थ प्रेम , अनि निस्चल हासो , र निस्वार्थ भावनाको प्रेमलाइ म एउटा चिनोको रूपमा स्वीकार गरे ,, आफ्नो घिसरिदै हिन्दै गर्दा फाटेको लुगा देखाउदै इन्कित गर्दै थिइन।
‘मैले पनि नयाँ लुगा लिएर छिटै आउनी बाचा गरि यो माया र मिहिनेतको चिनो लिएर फर्किए, एउटा पुरै कोठा भरिएको छ , संमान र मायाको चिनोले तर मेरो जिबनको महत्त्वपूर्ण चिनो र माया यो चकटी हुने छ र भएको छ ।