सन्दिप थपलियाको एकल अभिनयमा नाटक ‘सकुनी’ प्रदर्शन, पहिलो दिनमै उत्साहजनक सहभागीता

स्कट नेपाल – पौराणिक कथा महाभारतको खलपात्र सकुनीको जिबनीमा आधारित नाटक ‘सकुनी’को   प्रदर्शनी सुरु भएको छ ।

केन्द्रीय शिक्षा बिभागको अडिटोरियम हलमा  आज देखी सुरु भएको नाटक  यहिँ  असार १६ गते सम्म हरेक दिन बेलुकी ४ बजे प्रदर्शनी  हुनेछ भने शनिबार अतिरिक्त शो १ बजे  प्रदर्शन हुने भएको छ ।

नाटक सकुनी को पहिलो मन्चनमा  प्रतिनिधि सभाका सांसद  डा. सुर्य पाठक, केन्द्रिय शिक्षा बिभागका बिभाग प्रमुख डा. दीप बहादुर अधिकारी, एम बि एम का शिक्षकहरु  डा. गोबिन्द तमाङ, भरत थापा, फुल प्रसाद सुबेदी लगायत विशिष्ट ब्याक्तित्व र बिद्यार्थीहरुले अवलोकन गरेका थिए ।

पहिलो दिनमै उत्साहाजन सहभागीता रहेको नाटक सकुनीमा सन्दिप थपलियाको एकल अभिनय रहेको छ।

त्यसैगरी सकुनीलाई   कृष्ण कुमार पौडेलले निर्देशन गरेका छन् भने संगित परिकल्पना गणेश पाण्डे र प्रकाश परिकल्पना मनोज डंगौराले गरेको यो नाटकमा मन्च ब्यबस्थापन राहुल कर्ण, शक्ती न्यौपाने, दिपेन्द्र पन्त, उरुसा पुडासैनी, रेश्मा नेपाल, प्रबिन रिजाल, सन्दिप सापकोटा, साजन महर्जन आदिले गरेका छन।

 

कार्यक्रमका केहि तस्बिरहरु